- Loading...
दलित युवालाई ‘जर्वजस्ती करणी’ मुद्धा लगाएकाे भन्दै प्रर्दशन
- पुनहिल डट कम
- १ साल अघि
- २५३ पटक पढिएको

दलित तथा दलित अधिकारकर्मीहरूले ‘अपहरण, शरिर बन्धक तथा जर्वजस्ती करणी’ मुद्धामा एक दलित युवा पक्राउ गरिएकाेले र जातियविभेदको कारण ‘झुट्टा’ मुद्धा लगाईएको भन्दै सदरमुकाम बेनीमा प्रर्दशन भएकाे छ ।
बेनी नगरपालिका, ७ बेनीकी एक २० बर्षिया युवतीले आफुलाई ‘अपहरणगरी भारत पुर्याएर शरिर बन्धक बनाई जर्वजस्ती करणी’ गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा ‘अपहरण, शरिर बन्धक तथा जर्वजस्ती करणी’ मुद्धा दायर गरेकी थिईन ।
मुद्धा दर्ता भएपछि प्रहरीले बाग्लुङ जिल्लाको बाग्लुङ बजारका आरोपित २३ बर्षिय प्रभात बस्याललाई जेठ ७ गते पोखराबाट पक्राउ गरी बेनी ल्याएको थियो । कथित उपल्लो जातकी युवतीको जाहेरीले दलित युवा बस्याल पक्राउ परेपछि जातिय विभेदको कारण दलित युवालाई ‘जर्वजस्ती करणी’ मुद्धा लगाईएको दलित अधिकारकर्मी तथा अगुवाहरुले आरोप लगाएका छन ।
‘बेनीकी २० बर्षिया बालिका स्वंय प्रहरी कार्यालयमा उपस्थित भै आफुलाई अपहरणगरी भारत पुर्याएर शरिर बन्धक बनाई जर्वजस्ती करणी गरेको’ भन्ने जाहेरी दर्ता गरेपछि आरोपित बस्याललाई पोखराबाट प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको छ’ जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक मदन कुँवरले भने, ‘अपहरण, शरिर बन्धक तथा जर्वजस्ती करणी सम्बन्धी जाहेरी दर्ता भै आरोपित पक्राउ परेसँगै पक्ष विपक्षमा विभिन्न कुराहरु उठेका छन । हामीले मिहीन तरिकाले अनुसन्धान गरिरहेका छौं ।’
आरोपित पक्ष तथा दलित समुदायले युवा–युवती विच प्रेम सम्बन्ध भै भागी भारत गै दुई महिना बसेको र युवतीका पक्षबाट प्रेम सम्बन्ध स्वीकार गर्छौ, फर्क भनी बोलाई, केटीलाई ‘दवाव र प्रलोभन’मा पारी दलित युवालाई फसाउने सडयन्त्र अनुसार ‘अपहरण, शरिर बन्धक तथा जर्वजस्ती करणी’ मुद्धा लगाईएको दावी गर्दै आएका छन ।
‘उमेर पुगेका युवायुवतीको प्रेम सम्बन्ध थियो, वेमेल भए आ–आफ्नो बाटो लाग्दा यहाँ कुनै विषय प्रवेश हुने थिएन । दुई महिनासम्म आफ्नो छोरी/चेली परिवारबाट सम्पर्क विहीनहुँदा खोजी नगरेको, प्रहरीलाई कुनै जानकारी समेत नदिएको कथित उच्च जातिय परिवारले जव भारतबाट केटाकेटीलाई झुक्याएर बोलाई केटालाई अपहरण र जर्वजस्ती सम्बन्धी मुद्धा दर्ता गरियो तव जातिय छुवाछुतकै कारण दलित युवालाई फसाउन खोजिएको प्रष्ट भयो’ दलित अधिकारकर्मी तथा विद्यार्थी नेता शुभाष विकले भने, ‘अन्तरजातिय जोडिमा मात्र होईन सजातिय जोडिमा पनि प्रेमकाल वा विवाहपछि पनि वेमेल हुन सक्छ, आ–आफ्ना जीवन रोजाई गर्न सक्छन तर दलित भएकै कारण फसाउने नियत दण्डनीय छ । दलित युवा विरुद्ध अन्यायपूर्वक दर्ता भएको मुद्धा फिर्ता हुनु पर्छ ।’

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
