- Loading...
महिला भलिबल प्रतियोगितामा उज्वेकिस्तानलाई हराउँदै नेपाल तेस्रो
- पुनहिल डट कम
- १ साल अघि
- २१४ पटक पढिएको

उज्वेकिस्तानलाई हराउदै नेपालले काठमाडौंमा जारी एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगितामा तेस्रो स्थान हात पारेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा तेस्रो स्थानको लागि भएको खेलमा नेपालले उज्वेकिस्तानलाई ३-१ को सेटमा पराजित गरेको हो ।
पहिलो सेट गुमाएको नेपालले त्यसपछिका तीन सेटमा उत्कृष्ट पुनरागमनका साथ खेल जितेको हो । घरेलु टोली नेपालले ८ टोली सहभागी प्रतियोगितामा तेस्रो स्थानमा रहँदै प्रतियोगिता सकाएको छ । हारसँगै उज्वेकिस्तानले चौथो स्थानमा रहँदै प्रतियोगिता समाप्त गरेको छ ।
पहिलो सेट २५-२० ले गुमाएको नेपालले दोस्रो सेट २५-१६ ले जितेर खेलमा फर्किएको थियो । तेस्रो, चौथो सेट २५-१५ र २५-१३ मा जितेर नेपालले तेस्रो स्थान पक्का गरेको हो ।
शुक्रबार भएको सेमिफाइनलमा काजकस्तानसँग पराजित भएपछि नेपालले फाइनल पुग्नबाट बन्चित भएको थियो । उज्वेकिस्तान भने भारतसँग पराजित भएको थियो ।
उपाधिका लागि भारत र काजकस्तान भिड्ने छन् । फाइनल खेल दिउँसो ४:१५ बजे सुरु हुनेछ ।
राखेपको विशेष सहयोग तथा नेपाल भलिबल संघको आयोजनामा जारी प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको थियो।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
