- Loading...
म्याग्दीमा तातोपानीको अर्को मुहान भेटियो
- पुनहिल डट कम
- १ साल अघि
- ११६० पटक पढिएको

म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा तातोपानीको नयाँ मुहान फेला परेको छ ।
अन्नपूर्ण गाउँपालिका, २ भुरुङको कटुन्जेको पुछारमा पर्ने कालीगण्डकी नदी बगरमा तातोपानीको नयाँ मुहान फेला परेको हो ।
बेनी–जोमसोम सडकको भीरकाट–भिरच्याङ खण्ड (प्रस्तावित सुरुङ मार्ग रहने क्षेत्र)को पारीपट्टी कालीगण्डकी र दोवा खोलाको दोभान छेउको बगरमा चिसो भैरहेको र वाफ उडेको देखेपछि दोवा बेंसीका स्थानीले खन्दा तातोपानीको मुल निक्लेको हो ।
‘पोहोर हिउँदमा कटुन्जेको बगरमा वाफ उड्छ, बगरपनि पानी रसाएर चिसो भएको देखेपछि हामी गाउँका तीन–चार जनाले गल र बाउसोले खनेको तातोपानी निक्लेथ्यो । यो वर्ष फागुनमा फेरी गाउँलेहरु गएर कालीगण्डकी नदीबगर खोतलेर तातोपानीको मुल निकालेका हौं’ अन्नपूर्ण गाउँपालिका, १ दोवा वेंसीका स्थानीय गमबहादुर राम्जाली भने, ‘पोहोर हिउँदमा कुवा जस्तो बनाएर जगले तातोपानी खोप्दै नुहाउने गर्यौं । अहिले अलि ठूलो बनाएका छौं ।’
वस्ती छेउमा मोटरबाटोसँगै जोडिएको स्थानमा प्राकृतिक तातोपानीको मुहान फेला परेपछि स्थानीय उत्साही छन । अहिले स्थानीयले बगमा तातोपानी उत्खनन गरी ५–६ जना टुसुक्क बस्न मिल्ने पोखरी जस्तो बनाएका छन । ब्यवस्थित नभएकोले कालीगण्डकीको पानी तातोपानीको पोखरी तर्फ चुहिएर पानी चिसो बनाउँछ । फागुनदेखी मध्य वैशाखसम्म दैनिक १२–१५ जना यहीं दोवा क्षेत्रका बृद्धबृद्धा गै यहाँको तातोपानीमा डुबेर स्वास्थ्यलाभ लिएका थिए ।

‘म आमाा–बजैसँग सानो छँदा यही स्थानमा तातोपानी डुब्न आएको र कटुन्जे भीरजराको ओडारमा बसेर तातोपानी नुहाएको अलि अलि सम्झना छ’ दोवाबाट कटुन्जे तातोपानी डुब्न झरेकी ६७ बर्षिया लालमायाँ पुर्जाले भनिन, ‘पारी (ठाडो दोवाखोला) बस्छु । कालीगण्डकीको चिसोपानी चुहिएर तातोपानीको पोखरीमा निक्लने भएकोले पानी बुढाबुढीलाई डुब्न ठिक्क छ । पानीबाट विरेनुन वा अण्डा उमालेको जस्तो गन्ध आउँछ । पोखरीको तलबाट माथी पानी निक्लने भएकोले स्वाद चाखेको भने छैन ।’
पुर्जाले थपिन, ‘त्यो वेला ओढारमा अरु पनि मान्छे थिए । पोखरी कत्रो थियो, तातोपानीको मुल कत्रो थियो, कति मान्छे आउँथे भन्ने हेक्का छैन ।’
केही स्थानीय वृद्धबृद्धाहरुका अनुसार कम्तीमा ५५–६० बर्ष अघि पनि यही स्थानमा तातोपानीको पाोखरी थियो । दोवा, सुनारी, कटुन्जे क्षेत्रका मान्छेहरु यहाँ आएर नुहाउने र पोखरीमा डुवुल्कि लगाएर स्वास्थ्यलाभ गर्थे रे । अहिले भेटिएको तातोपानी जमिनबाट माथी भुलभुल निक्लन्छ । तातोपानीको स्रोत न ठूलो न सानो ठिक्कै छ । ब्यवस्थित पोखरी हुँदा २०–२५ जनासम्म एक पटकमा डुब्न मिल्ने पोखरी बनााउन मिल्छ ।
‘आमाहरुले कटुन्जेको सल्लेरीभीर मुनी बगरमा तातोपानी पोखरी थियो । सवै डुब्न आउँथो भन्ने मैले पनि सुनेको हो । अहिले स्थानीयले खोतलेर तातोपानी निकालेका छन रे । तातोपानीको मुहान र संरक्षणको संभावना हेरेर वडाकै भएपनि बजेट राख्न माग भै आएको छ’ अन्नपूर्ण गाउँपालिका, २ भुरुङका वडाध्यक्ष ओम फगामीले भने, ‘अहिले फेला परेको तातोतोपानीको मुहानदेखी २–३ सय मिटर माथी कटुन्जेभीर जरामा पनि तातोपानीको मुल छ रे । तर नदी किनारैमा भएकोले पोखरी बनाउन मिल्ने छैन भन्ने खवर पनि पाएको छु । सवै अध्ययन गर्ने योजनामा छु ।’
यस अघि अन्नपूर्ण गाउँपालिका, १ दोवाको महभीर तातोपानी, सोही गापा, २ भुरुङतातोपानी, वडा नं ५ पाउद्धार तातोपानी र ६ घारको रातोपानीमा तातोपानीका मुहान पहिचान भै प्रयोग हुँदै आएका थिए । त्यस्तै म्याग्दीका रघुगंगा गाउँपालिका, ४ दग्नाम तातोपानी, बेनी नगरपालिका, ४ सिङातातोपानी, धवलागिरी गाउँपालिका, १ गुर्जा तातोपानी र सोही पालिका, ४ मुदीको बगरा तातोपानी पनि पहिचान भएका तातोपानीका मुहान हुन ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
