- Loading...
टोपबहादुर रायमाझी बूढानीलकण्ठबाट पक्राउ, नक्कली भुटानी प्रकरणमा अमेरिकी चासो
- पुनहिल डट कम
- १ साल अघि
- २१३ पटक पढिएको

नक्कली शरणार्थी बनाएर विदेश लैजाने नाममा भएको ठगी मुद्दामा फरार पूर्व उपप्रधानमन्त्री तथा सांसद टोपबहादुर रायमाझी बूढानीलकण्ठ पासीकोटको एक घरबाट पक्राउ परेका छन् ।
एमाले सचिवसमेत रहेका रायमाझी शनिबार फरार भएको ११ औं दिनमा प्रहरीले पक्राउ गरेको हो।
वैशाख २० मा पक्राउ पुर्जी जारी भएपछि रायमाझी फरार थिए । अर्घाखाँचीको एक सार्वजनिक कार्यक्रमबाट फर्किएर बुटवल आएका उनी त्यहीँबाट फरार थिए ।
सोही साँझ उनका छोरा सन्दीपलाई प्रहरीले भैरहवाबाट पक्राउ गरेको थियो । नक्कली भुटानी शरणार्थी प्रकरणमा रायमाझीसँगै १३ जना पक्राउ परिसकेका छन् ।
यसअघि पूर्वगृहमन्त्री बालकृष्ण खाँण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, गिरोहका सदस्यहरू केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मासहित १२ जना परिसकेका थिए ।
नक्कली भुटानी प्रकरणमा अमेरिकी चासो
नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई गैरकानुनी रुपमा अमेरिका पठाउने षड्यन्त्रको खुलासा भएसँगै यस मामिलामा अमेरिकाले आफैं अनुसन्धान गर्ने अग्रसरता देखाएको छ।
अमेरिकी विदेश मन्त्रालयको दक्षिण एसिया मामिला हेर्ने विभागका ती उच्च अधिकारीले प्रचण्डलाई फोन गरेर नक्कली शरणार्थी बनेर अमेरिका जानेहरुको छानबिन गर्ने विषयमा चासो देखाएका थिए ।
स्रोतले भन्यो ‘ती उच्च अधिकारीले प्रचण्डलाई फोन गरेर यसअघि नै नक्कली शरणर्थी बनेर अमेरिका आइसकेका नेपालीहरुको छानबिन तपाइँले गर्नुहुन्छ वा हामीले गर्ने ? भनेर सोधेका थिए।’
यो मामिलाको खुलासा भएसँगै यसअघि पनि नेपालीहरु नक्कली शरणार्थी बनेर अमेरिका पुगिसकेको कुरामा अमेरिका विश्वस्त देखिएको स्रोतले बतायो।
स्रोतका अनुसार अहिले भएको यो खुलासा नक्कली शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउने षड्यन्त्रको दोस्रो वा तेस्रो चरण भएको अमेरिकाको विश्वास छ।
स्रोतका अनुसार अमेरिकाले यसअघि नेपालबाट तेस्रो मुलुक पुनर्वास कार्यक्रम अन्तर्गत अमेरिका पुगेका भेटानी शरणार्थीहरुमा पनि नक्कली भुटानी शरणार्थी पठाएको आशंका गर्दै अमेरिकारले अहिले नक्कली भुटानी शरणार्थी बनेर अमेरिका जान लागेकालाई उताबाट पैसा आएको भन्दै चासो राखेको छ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
