- Loading...
मुस्ताङ २०२३ मा घुम्नै पर्ने विश्वका उत्कृष्ट गन्तब्यमा सूचिकृत
- पुनहिल डट कम
- १ साल अघि
- २३९ पटक पढिएको

|View of Jomsom Bazar, Mustang
नेपालको मुस्ताङ सन २०२३ का लागि घुम्नै पर्ने उत्कृष्ट स्थानमा दक्षिण एसियामा एक मात्र ठाउँको रुपमा परेकाे छ। अमेरिक समाचार संस्था सिएनएनले जारी गरेको रिर्पोट अनुसार सन २०२३ मा घुम्नै पर्ने स्थानको सुचीमा नेपालको मुस्ताङ पनि परेको हो।
तिब्बतको ढोकामा अवस्थित मुस्ताङ हिमालय र भारत बीचको व्यापारलाई सहज बनाउने पुरानो ट्रेलहरू मध्ये एउटा रहेको जनाउँदै सिएनएनले हिमाली पदयात्राका लागि प्रसिद्धस्थानको रुपमा उल्लेख गरेको छ।
तल्लो मुस्ताङको जोमसोमको सानो सहरको माथि रहेको छ, यहाँ सबैखाले उपलब्ध रिसोर्टहरु रहेका छन्। लक्जरी खोज्नेहरू देखी परम्परागत तिब्बती घरहरूबाट प्रेरित २९ सुइटहरूसमेत रहेका रिर्सोटहरु रहेका छन्।
पदयात्राका अतिरिक्त, मुस्ताङमा पर्यटकहरूले पुरातन गाउँहरू र बौद्ध गुम्बाहरू हेर्न सक्छन्। साथै छुटाउन नहुने अर्को कुरा भनेको मानव निर्मित गुफाहरू रहेका छन्, जहाँ २,००० वर्ष पुरानो बौद्ध मूर्तिकला र चित्रहरू देखिन पाइनेछ। यात्रुहरूले राजधानी काठमाडौंबाट पोखराको लागि २५ मिनेटको उडान र त्यसपछि अर्को विमानमा चढेर २० मिनेटको जोमसोमको यात्रा गर्नुपर्नेछ।
काठमाडौंबाट १२ घन्टाको ड्राइभ गरेर पुग्न सकिन्छ । हवाई यात्रा भन्दा पनि वैकल्पिक यात्राको क्रममा देखिने दृश्यहरूले थप मनमोहक बनाउन सक्छ। सिएनएनले मुस्ताङबाहेक पोल्याण्ड, कायरो, लाओसलगायतका सहरहरुलाई उल्लेख गरेको छ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
