- Loading...
माओवादीले जेलबाट भगाएका कर्तब्य ज्यानका अभियुक्त २१ बर्षपछि पुनः कारागार चलान
- पुनहिल डट कम
- १ साल अघि
- २५९ पटक पढिएको

छिमेकीको हत्या अभियोगमा ०५९ फागुन १५ गते जिल्ला अदालत म्याग्दीबाट २० बर्ष कैद सँजाय ठहर भै जेल चलान भएका धवलागिरी गाउँपालिका, ३ (साविक मुना गाविस, ९)का ४८ बर्षिय लक्ष्मीप्रसाद वुढाथोकी (लक्षिना)लाई प्रहरीले २१ बर्षपछि पुनः पक्राउ गरी जिल्ला अदालतको आदेशले पुनःकैद कट्टी गर्न कारागार पठाएको छ ।
०६० चैत ७ गते राती ११.३० बजे तत्कालिन माओवादी विद्रोहीको मंङ्गलसेन प्रथम विग्रेडका करिव एक सय ५० जनाको संख्यामा आएका विद्रोहीले बेनी नगरपालिका, २ (साविक ज्यामरुककोट, ९) खवरा स्थित कारागारमा आक्रमणगरी त्यहाँ रहेका ३५ जना कैदीवन्दीलाई भगाएका थिए । माओवादीले कारागार आक्रमण गर्दा त्यहाँ रहेका १९ जना प्रहरीमध्य एक जनाले राईफलसहित आत्मसर्मपण गरेका थिए भने बाँकी प्रहरी हतियार फालेर भागेका थिए ।
कारागार कब्जा गरेपछि माओवादीले त्यहाँ रहेका कैदीवन्दीलाई खवराको गाउँहुँदै भाग्न भनेका थिए । माओवादीले भगाएका ३५ जनामध्य तीन जना कैदी पर्सीपल्ट प्रहरीको सम्पर्कमा पुगेका थिए । यसरी माओवादीले कारागारबाट भगाएका कैदीवन्दीमध्य कैदभुक्तान गर्न बाँकी राखेर लुकीछिपी घरमा बसेका बुढाथोकीलाई प्रहरीले कारागारबाट फरार भएकाे २१ बर्षपछि ०८० वैशाख २१ गते पक्राउगरी हालै अदालतमा पेश गरेकोमा अदालतले बाँकी कैद कट्टाकालागी जेल चलान गर्न आदेश जिल्ला प्रहरी कार्यालय म्याग्दीका सुचना अधिकारी प्रहरी निरिक्षक किरण लामाले प्रेस नाेट पठाएर जानकारी दिए ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
