FLASH NEWS
  • Loading...

यूएनएचसीआरले भन्यो- ‘भुटानी शरणार्थीको सामूहिक पुनर्वास कार्यक्रम सकिइसक्यो’

  • पुनहिल डट कम
  • १ साल अघि
  • ११३ पटक पढिएको
यूएनएचसीआरले भन्यो- ‘भुटानी शरणार्थीको सामूहिक पुनर्वास कार्यक्रम सकिइसक्यो’

नेपालस्थित शरणार्थीको लागि संयुक्त राष्ट्र संघीय उच्चायुक्त (यूएनएचसीआर) ले भुटानका शरणार्थीहरूको सामूहिक पुनर्वास कार्यक्रम सन् २०१६ को डिसेम्बर ३१ मा समाप्त भइसकेको उल्लेख गरेको छ ।

नेपालमा नक्कली भुटानी शरर्णाथीलाई लिएर भइरहेको अनुसन्धानबारे राखेको जिज्ञासामा यूएनएचसीआरले नेपाली नागरिकहरु ठगी भएको पछिल्लो रिपोर्टहरुप्रति गहिरो चिन्ता व्यक्त गरेको छ । ‘यस ठगी प्रकरणमा नेपाल सरकारको छानबिनलाई हामी स्वागत गर्दछौं,’ यूएनएचसीआरले जवाफमा भनेको छ, ‘नेपालमा भुटानका शरणार्थीहरूको सामूहिक पुनर्वास कार्यक्रम सन् २०१६ को डिसेम्बर ३१ म समाप्त भइसकेको हो र फेरि सुरु हुने छैन ।’

यूएनएचसीआरले पुनः बसोबास कार्यक्रमको अन्त्य भएको सम्बन्धमा सार्वजनिकरुपमा निरन्तर जानकारी गराउँदै आइरहेको पनि उल्लेख गरेको छ । * कान्तिपुर दैनिकबाट