- Loading...
नक्कली भुटानी शरणार्थी प्रकरणमा मेराे संलग्नता छैन, समाचार नपत्याउनुस- साँसद जुग्जाली
- पुनहिल डट कम
- १ साल अघि
- ५३५ पटक पढिएको
भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै नेपाली सर्वसाधारणबाट पैसा संकलन गर्ने संगठित गिरोहसंग संलग्नता रहेकाे भन्दै समाचार सार्वजनिक भएपछि म्याग्दी निर्वाचन क्षेत्र २ बाट गण्डकी प्रदेश सभा सदस्य रेशम जुग्जालीले आफ्नाविरुद्ध संञ्चार माध्यमबाट प्रकाशित समाचार पूर्वाग्रह प्रेरित भएकाे भन्दै खण्डन गरेका छन ।
आधारहीन, तथ्यहीन र संलग्न हुँदै नभएकाे घटनामा संलग्न भयो भन्ने समाचारले अन्यौल उत्पन्न गरेकाेले नक्कली शरणार्थी बनाइ ठगी गर्ने मात्र हाेइन अन्य कुनैपनि अार्थिक अपराध र अवान्छित गतिविधी अाफुले नगरेकाे दावी गर्दै व्यक्तिगत चरित्रहत्या हुने हुँदा यस्ता समाचारमा विश्वास नगर्न र यदी कसैले पीडित भए कानुनी उपचारकालागी प्रहरीमा निवेदन दिएर सत्यतथ्य बाहिर ल्याउन चुनाैति दिएका छन । साँसद जुग्जालीले प्रेस विज्ञप्ती प्रकाशित गरी समाचारकाे खण्डन समेत गरेका छन ।
‘मेराे नाम जाेडेर वा मेराे नाम बेचेर कसैले अमेरिका लैजान्छु भनी पैसा लिएकाे रहेछ भने पनी उक्त ब्यक्तीलाइ तुरून्त कार्वाही हाेस । मैले नै लिएकाे भए पनि तथ्यप्रमाण सहित प्रहरीमा उजुरी गर्नुस, मैले छानविनमा सहयाेग गर्छु , प्रदेश सांसद तथा पूर्व प्रदेश मन्त्री रहेका जुग्जालीले थपे, ‘मेरा चिनजान भएका, िछमेकी वा अाफन्तैले नै यस्ताे धन्दा गरेका रहेछन भने पनि मेराे संलग्नता पुष्टी नगरी, कपाेलकल्पित, भ्रामक र पूर्वाग्रही नहुन अाग्रह छ । ब्यक्तीगत पूर्वाग्रह प्रेरितहरूले तीन–चार वर्ष अघी देखी मेरा विरूद्ध यस्ता काम भैरहेका छन । ’
हालै राजधानीबाट प्रकाशित हुने एक अनलाइनमा ‘२०७६ सालमा म्याग्दीका विभिन्न स्थानबाट सर्वसाधारणलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै पैसा उठाएर ठगी गर्ने गिरोहमा म्याग्दीका हाइड्रो व्यवसायी पूर्णबहादुर पुन, यामबहादुर फगामी, कृष्ण शर्मा लगायतमाओवादीका गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली (सुविन) को समेत संलग्नता रहेको देखिएको ’ भन्ने समाचार प्रकाशित गरेकाे थियाे ।
प्रकाशित समाचारकाे खण्डन गर्न प्रेस सेन्टर म्याग्दीकाे संयाेजनमा शनिवार बेनीकाे महारानी थान स्थित माअाेवादी केन्द्रकाे कार्यालयमा अायाेजित पत्रकार सम्मेलनमा साँसद जुग्जालीले अाफ्नाे चरित्र हत्या गर्ने संचारगृह र समाचारकाे शेयर गर्ने ब्यक्ती विरूद्ध विरूद्ध प्रेस काउन्सील र प्रहरीकाे साइवर ब्युराे मार्फत कानुनी उपचार खाेज्ने पनि बताए ।
साँसद जुग्जालीले अाफुसँग नाम जाेडिएका अन्य पात्रहरूसंग अाफ्नाे पूर्व माअाेवादी सहकर्मी भएकाेले मित्रता छ । काठमाण्डाै जाँदा कहिलेकाहीं साथीभाइकाे नाताले सँगै बसियाे हाेला तर उनीहरूकाे अार्थीक ब्यवहार र अन्य ब्यवसायीक सम्बन्ध बारेमा अाफु जानकार नभएकाे पनी प्रष्ट पारे ।