FLASH NEWS
  • Loading...

एक ठेकेदारले पाँचवटा मात्र ठेक्का लिन पाउने व्यवस्थालाई संशोधन नगर्न संघको आग्रह

  • पुनहिल डट कम
  • १ साल अघि
  • १२७ पटक पढिएको
एक ठेकेदारले पाँचवटा मात्र ठेक्का लिन पाउने व्यवस्थालाई संशोधन नगर्न संघको आग्रह

निर्माण व्यवसायी संघ म्याग्दीले सार्वजनिक खरिद निमायवली विधमान ५ वटा भन्दा बढी योजनामा सहभागि नहुने नियमलाई संसाेधन गरी ठेक्का खुल्ला गर्न खाेजिएकाे भन्दै विराेध गरेकाे छ।

संघले बुधबार कार्यालयमा पत्रकार सम्मेलन गर्दै राष्ट्रिय विकास समस्या समाधान समितिको ५० औं बैठकमा सार्वजनिक खरिद नियमावलीको १२ औं संशोधनको ६५ उपनियम ९४घ १० मा एक वा संयुक्त उपक्रमको रुपमा पाँचवटा खरिद सम्झौता बमोजिमको कार्य सम्पन्न गर्न बाँकी रहको निर्माण ब्यवसायीले निर्माण कार्यका लागि आव्हान हुने खुला बोलपत्र प्रक्रियामा भाग लिन नपाउने ब्यवस्थालाई यथावत राख्न माग गर्दै विराेध गरेकाे हाे ।

निर्माण ब्यवसायी संघ म्याग्दीका अध्यक्ष गोपाल भट्टचनले नियमावलीमा राखिएको उक्त प्रावधानले धेरै भन्दा धेरै काम ओगटी निर्माण कार्यलाई लथालिंग बनाउने परिपाटी लगभग अन्त्य गरी सबै खालका निर्माण व्यवसायीहरूलाई समेत कामको अवसर दिएको जानकारी गराउदै स्वार्थी समूहको चलखेलमा नियमावाली संशोधन गराउने याेजना अनुसार संसाेधन हुन लागेकाे बताए ।