- Loading...
म्याग्दीका स्थानीय तहमा आप्रवासी श्रोत केन्द्र संञ्चालन हुने
- पुनहिल डट कम
- १ साल अघि
- १८०७ पटक पढिएको

म्याग्दीका सवै स्थानीय तहमा चालु आर्थिक बर्षदेखी नै आप्रवासी श्रोत केन्द्र संञ्चालन गरिने भएको छ ।
वैदेशिक रोजगारीमा जान लागेका, आप्रवासमा रहेका र तिनका परिवारलाई आई पर्ने समस्या र कानुनी सहायता प्रदान गर्ने गरी जिल्लाका सवै स्थानीय तहमा कम्तीमा ३–३ जनाको दरले १८ जना र सदरमुकाम बेनी स्थित जिल्ला प्रशासन कार्यालयमा २ जना कर्मचारी राखी केन्द्र संञ्चालन गर्न लागिएको हो ।
पालिकाको रोजगार शाखा मातहत रहनेगरी गरी वैदेशिक रोजगारीमा गै त्यहाँ आप्रवासीले भोग्नु पर्ने समस्या र चुनौतिहरु अनुभव संगालेर फर्केका ब्यक्तिलाई पालिकाहरुले हिटर्नी स्वयंसेवक नियुक्त गरिने भएको छ ।
ति स्वयंसेवकहरुले वैदेशिक रोजागारीमा जान लागेका ब्यक्तिलाई भेटी वैदेशिक रोजगारीमा जानु पूर्व, रोजगारीमा रहँदा र फर्कदा अपनाउनु पर्ने सावधानी तथा कानुनी प्रकृयाका वारेमा जानकारी गराउने छन । ति स्वयंसेवक मार्फत वैदेशिक रोजगारीमा गएका र समस्यामा फसेका वा उतै मृत्युवरण गरेका आप्रवासीका परिवारलाई कानुनी सहायता लिने विधी सिकाउने लागिएको हो ।
त्यस्तै, जिल्ला प्रशासन कार्यालयमा रहने आप्रवासी स्रोत केन्द्र परामर्शदाताहरुले राहदानी बनाउन आएका ब्यक्तिलाई वैदेशिक रोजगारीमा जानु अघि, विदेशमा काम गर्दा र फर्कदासमेत आई पर्ने कानुनी ज्ञान र विधी वारेमा जानकारी गराउने छन ।
आप्रवासमा जाने कामदारलाई घरबाट निक्लेदेखी रोजगारस्थलमा समेत विभिन्न ब्यक्तिले ठगी गर्दै आएको र विदेशमा मरेका कामदारको शव घरमा ल्याउने क्रममा पनि दलालहरुले लासमाथी ठगी गर्ने गरेपछि गण्डकी प्रदेश सरकारको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय श्रम रोजगार शाखाले स्थानीय तहसंग सहकार्यगरी केन्द्र राख्न लागिएको हो ।
आप्रवासी श्रोत केन्द्र संञ्चालन गर्ने सम्बन्धमा जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख सवै स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रमुख जिल्ला अधिकारी, प्रशासकीय अधिकृतहरु सहभागी गराई मंगलवार बेनीमा आयोजित एक कार्यक्रममा उमा शर्माले वैदेशिक रोजगारको अवस्था र भावी कार्यक्रमको परिचय, भक्त राईले स्रोत केन्द्र संञ्चालन तथा श्रीप्रसाद अधिकारीले गण्डकी प्रदेश सरकारको श्रम रोजगार नीति बारे सरोकारवालालाई जानकारी गराएका थिए ।
त्यसैिवच म्याग्दीका स्थानीय तहबाट श्रम स्वीकृत िदनिे सेवा शुरु भएको छ । श्रम, रोजगार तथा सामाजकि सुरक्षा मन्त्रालयको परपित्रअनुसार जल्लिाका स्थानीय तहबाटै यो व्यवस्था सुरु भएको हो । जल्लिाका स्थानीय तहमा रहेका रोजगार केन्द्रबाट उक्त सेवा सुरु भएको छ ।
अन्नपूर्ण, धवलागरिी गाउँपालकिा र बेनी नगरपालकिाले रोजगार शाखाबाट श्रम स्वकिृत िलनिे र पुनःस्वकिृतकिा लाग िअनलाइन आवेदन गर्ने कार्य शूरु गरएिको जनाएका छन् । मालकिा, मंगला र रघुगंगा गाउँपालकिाले पन ितयारी गरेका छन् । वैदेशकि रोजगार ऐन, २०६४ तथा वैदेशकि रोजगार नयिमावली, २०६४ मा भएको व्यवस्थाअनुसार वैदेशकि रोजगारीमा जाने हरेक नागरकिले अनविार्य श्रम स्वीकृत िलनिुपर्ने व्यवस्था छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
