- Loading...
अस्पतात विकास समितिकाे अध्यक्ष अव जिसस प्रमुख
- पुनहिल डट कम
- १ साल अघि
- २०९ पटक पढिएको

प्रदेश सरकारले मातहतका अस्पतालको व्यवस्थापन समितिमा जिल्ला समन्वय समितिको प्रमुख नै अध्यक्ष हुने प्रावधान ल्याएको छ । यसअघि सरकारमा रहेका दल निकटका व्यक्ति समितिको पदाधिकारी र सदस्यमा नियुक्त हुँदै आएका थिए ।
समितिको संरचनागत सुधारका लागि प्रदेश सरकारले अस्पताल व्यवस्थापन समिति गठन आदेश २०८० हालै जारी गरेको छ ।
त्यसमा जिसस प्रमुखको अध्यक्षतामा ७ सदस्यीय व्यवस्थापन समिति गठन हुने उल्लेख छ । योसँगै अस्पताल व्यवस्थापन समितिमा राजनीतिक नियुक्तिको प्रचलन हट्ने भएको हो ।
समितिको सदस्यमा अस्पतालस्थित स्थानीय तहको प्रमुख/अध्यक्ष, प्रमुख जिल्ला अधिकारी, प्रमुख कोष तथा लेखा नियन्त्रक, उद्योग वाणिज्य संघका अध्यक्ष र सामाजिक क्षेत्रमा क्रियाशील स्नातक उत्तीर्ण १ महिला रहने व्यवस्था छ ।
समितिको सदस्यसचिवमा अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट रहने छन् । हाल रहेका पदाधिकारी र सदस्यको पदावधि सकिएपछि नयाँ प्रावधान अनुसार समिति गठन हुने सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
‘अस्पताल व्यवस्थापन समितिलाई चुस्त र प्रभावकारी बनाउन संरचनागत सुधार थालिएको हो’, मन्त्रालयका सचिव डा विनोदविन्दु शर्माले भने, ‘अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट लगायत सरोकारवालाको सुझावका आधारमा सरकारले नयाँ गठन आदेश जारी गरेको हो ।’
अस्पताल व्यवस्थापन समितिमा अहिले रहेका पदाधिकारी÷सदस्यलाई लक्ष्य गरेर नभई अस्पतालको दीर्घकालीन हितका लागि सरकारले समिति गठनको नयाँ प्रावधान ल्याइएको शर्माको भनाइ छ । निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीको मन्त्रिपरिषद्ले जारी गरेको उक्त गठन आदेश प्रदेश राजपत्रमा समेत प्रकाशित भइसकेको छ ।
प्रदेश सरकार अन्तर्गतका अस्पतालबाट प्रवाह हुने सेवाको व्यवस्थापन तथा अस्पतालको सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउन समिति गठन हुने सो आदेशमा उल्लेख छ । गण्डकी प्रदेश विकास समिति ऐन, २०७७ को दफा ३ ले दिएको अधिकार प्रयोग गरेर सरकारले गठन आदेश जारी गरेको हो ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
