FLASH NEWS
  • Loading...

मराङमा पहिराे पछ्याएर वडा कार्यालय भवन निर्माण शुरु

  • पुनहिल डट कम
  • १ साल अघि
  • १२४ पटक पढिएको
मराङमा पहिराे पछ्याएर वडा कार्यालय भवन निर्माण शुरु

तीन वर्ष अघि असारमा पहिराेले बगाएकाे धवलागिरी गाउँपालिका–६ मराङको वडा कार्यालय भवन साेही स्थानमा पहिराे पछ्याएर निर्माण शुरु भएको छ ।
भवनकाे गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले सोमबार शिलन्याश गरेकाे वडाध्यक्ष राजाराम शर्माले बताए ।

चार कोठे एक तले भवन निर्माण गर्न  एक करोड लागत अनुमान गरिएको छ । भवन निर्माणका लागि पि एण्ड बि कन्ट्रक्सनले रु. ८५ लाखमा ठेक्का सम्झौता गरेको छ ।
वि.स. २०७७ असार अन्तिम साताको पहिरोले आमा समूह भवनमा सञ्चालित वडा कार्यालयको सम्पूर्ण सामग्री बगाएको थियो । पहिरोले बगाएपछि मराङ स्वास्थ्य चौकीको भवनबाट वडा कार्यालयको सेवा सञ्चालन गरिएको छ ।