FLASH NEWS
  • Loading...

जेठ २० गते बेनीमा प्रदेश स्तरिय गुरगुरे ठेलो प्रतियोगिता हुने

  • पुनहिल डट कम
  • १ साल अघि
  • २४८ पटक पढिएको
जेठ २० गते बेनीमा प्रदेश स्तरिय गुरगुरे ठेलो प्रतियोगिता हुने

म्याग्दीको बेनीमा परम्परागत ठेलो खेलको गण्डकी प्रदेशस्तरीय प्रतियोगिता हुने भएको छ ।

प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना र जिल्ला खेलकुद विकास समिति म्याग्दीको व्यवस्थापनमा जेठ २० गते बेनीको खुल्ला मञ्चमा दोस्रो प्रदेश स्तरीय परम्परागत गुरगुरे ठेलो खेल प्रतियोगिता संचालन हुने भएको हो ।

परम्परागत संस्कृतिका रुपमा रहेको ठेलो खेलको संरक्षण गर्नका लागि प्रदेश स्तरीय प्रतियोगिता आयोजना गरिएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले भने,  ‘प्रतियाेगिताकालागी अावश्यक सामाग्री प्राप्त भैसकेकाे छ । ब्यवस्थापकिय तयारीमा छाैं ।’

अध्यक्ष केसीका अनुसार गण्डकी प्रदेशका ११ जिल्लाबाट ३\३ जनाका दरले खेलाडी सहभागी हुने छन । गृह मैदान एवं ब्यवस्थापक जिल्ला भएकाेले प्रतियाेगितामा म्याग्दीका भने ५ जनाले सहभागी हुनेछन् । प्रतियोगितामा प्रथम,दोस्रो र तेस्रो हुनेलाई क्रमशः नगद २५ हजार,१५ हजार,१० हजार र ट्रफी सहित सम्मानपत्र पुरस्कार रहेकाे छ ।