- Loading...
३० बुंदे प्रतिवद्धता जारी गर्दै सकियो बेनी नगरपालिकाको शिक्षक भेला
- पुनहिल डट कम
- १ साल अघि
- २९३ पटक पढिएको

बेनी नगरफालिकाले शनिवारदेखी संञ्चालन गरेको बृहत शैक्षिक अर्न्तक्रिया कार्यत्रम आईतवार ३० वुंदे शिक्षक प्रतिवद्धता पत्र जारी गर्दै सकिएको छ ।
नयाँ शैक्षिक सत्र सुरु भएसँगै नगरपालिकाले विद्यार्थी भर्ना अभियान प्रभावकारी बनाउने, शैक्षिक सुद्धिकरण गर्ने र शैक्षिक क्यालेण्डरको प्रभावकारी कार्यान्वयन गर्न नगरपालिका भिक्रका सवै ५६ विद्यालयमा कार्यरत सवै शिक्षकहरुलाई राखेर शिक्षक राखेर वृहत शैक्षिक अर्न्तत्रिया आयोजना गरिएको हो ।
‘बेनी नगरपालिका सामुदायीक विद्यालयहरुमा देखिनेगरी सुधार गर्न चाहन्छ । तर केही प्राविधिक कुराहरु मिलेका छैनन । नयाँ शैक्षिक सत्र भर्खर सुरु भएको छ, भर्ना अभियानलाई प्रभावकारी बनाउने । त्यसो गर्दा पनि विद्यार्थी संख्या न्यून हुने विद्यालयको तहगत मर्जरमा जाने योजनामा छौ’ बेनी नगरपालिकाका मेयर सुरत केसीले भने, ‘शिक्षकहरुको सार्वजनिक संस्थामा आवद्ध अन्त्य गराई विद्यालयको अध्ययन/अध्यापनको वातावरण सृजना गर्ने तथा शैक्षिक क्यालेण्डरको प्रभावकारी कार्यान्वयन गर्ने र शिक्षकहरुमा नयाँ उत्प्रेरणा थप्न शैक्षिक अर्न्तक्रिया गरिएको हो ।’ मेयर केसीले थपे, ‘कतिपय शिक्षकहरु सहकारी समेतका सार्वजनिक संस्थामा आवद्धता रहेको र ति संस्था विरुद्ध उजुरी पर्न थालेकोले शुद्धिकरण आवश्यक परेको हो ।’
जिल्लामा पहिलो पटक यती वृहत रुपमा आईतवार पठनपाठन रोकेर विद्यालयहरुमा सार्वजनिक विदा गरी शिक्षकहरुलाई अनिवार्य उपस्थित उत्प्रेरणा दिने, कार्यसम्पादन मुल्याङकन फारम भर्ने समेतका प्रशासनिक कामको ब्यवहारिक सीप सिकाईएको थियो । सामुदायीक विद्यालयका शिक्षकहरुले आफ्नै कार्यसम्पादन मुल्याङकन पनि राम्रोसंग भर्न नसक्दा बढुवामा तलमाथी पर्ने गरेको थियो । शिक्षक भेलामा शिक्षा विकास तथा समन्वय इकाइ म्याग्दीका प्रमुख दलबहादुर थापाले शिक्षकहरुलाई कक्षा कोठा ब्यवस्थापन मात्र होईन प्रशासनीयक सीप सम्बन्धी अनुभव र ज्ञान बारेमा शेयरिङ गरेका थिए ।
‘नगरपालिका क्षेत्रका झण्डै ५० प्रतिशत शिक्षकहरुले आफ्नै कासमु भर्न नजान्दा बढुवामा तलमाथी पर्ने गरेको अनुभव छन । वृहत शैक्षिक भेलाको उदेश्य राम्रो भएपनि धेरै सहभागी भएकोले अति ब्यवस्थापनमा समस्या देखियो । समुहगत रुपमा छलफल र अर्न्तक्रिया गर्न समय पाईएन’ बेनी सामुदायी माध्यामिक विद्यालयका शिक्षक भीम घर्तीले भने, ‘एकोहोरो सुन्ने मात्र भयो । पछाडीसम्म त राम्रो सुन्न पनि समस्या भएको थियो ।’
कार्यक्रममा नेपालको नमुना सामुदायीक विद्यालयहरुबाट धनञ्जय दवाडीले विद्यालयको ब्यवस्थापन, संञ्चालन र प्रअ–शिक्षक–विद्यार्थी–अभिभावक विचको अर्न्तसम्बन्धका विषयमा अनुभव शेयरिङ गरेका थिए ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
