- Loading...
अव दैलाेकै सरकार (स्थानीय तह) बाट श्रम स्विकृति अावेदन
- पुनहिल डट कम
- १ साल अघि
- १८० पटक पढिएको

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको परिपत्रअनुसार जिल्लाका स्थानीय तहबाटै श्रम स्वीकृतिकालागी अनलाइन अावेदन वा शुरु भएको छ ।
गाउँपालिका/नगरपालिकामा रहेका रोजगार केन्द्रबाट श्रमस्वीकृति र पुनःस्विकृती दिने थालिएकाे हाे । म्याग्दीमा हाल अन्नपूर्ण, धवलागिरी गाउँपालिका र बेनी नगरपालिकाले रोजगार शाखाबाट श्रम स्विकृति लिने र पुनःस्विकृतिका लागि अनलाइन आवेदन सेवा सुरू गरेका छन । मालिका, मंगला र रघुगंगा गाउँपालिकाले पनि तयारी गरेका छन् ।
गाउँपालिकाबाटै श्रमस्वीकृतिकालागी अावेशद दिन पाइने भएपछि वैदेशिक रोजगारमा जाने युवायुवतीले यसअघि पोखरा वा काठमाडौँ गएर यस्तो स्वीकृति लिनुपर्ने बाध्यता हटेकाे छ । सम्बन्धित व्यक्तिले सो स्वीकृति लिनु पूर्व सामाजिक सुरक्षा कोष, कल्याणकारी कोष र बीमाका लागि तिर्नुपर्ने हुन्छ । मोबाइल बैकिङ मार्फत रकम तिर्न सकिन्छ । कल्याणकारी कोषका लागि रु. एक हजार पाँच सय, सामाजिक सुरक्षा कोषका लागि न्यूनतम रु. दुई हजार र बीमाका लागि उमेरअनुसारको शुल्क तिर्नुपर्ने हुन्छ । उक्त सबै काम भए पछि अनलाइनमार्फत श्रम स्वीकृति प्राप्त हुने गर्छ ।
वैदेशिक रोजगार ऐन, २०६४ तथा वैदेशिक रोजगार नियमावली, २०६४ मा भएको व्यवस्थाअनुसार वैदेशिक रोजगारीमा जाने हरेक नागरिकले अनिवार्य श्रम स्वीकृति लिनुपर्ने व्यवस्था छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
