- Loading...
धवलागिरी गाउँपालिकामा शैक्षिक सामग्री निर्माण र व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
- पुनहिल डट कम
- १ साल अघि
- १७० पटक पढिएको

धवलागिरी गाउँपालिका–७ सिवाङको हेम माध्यामिक विद्यालयमा शनिबार पालिका भित्रका सामुदायीक विद्यालयमा कार्यरत शिक्षकहरूलाइ शैक्षिक सामग्री निर्माण र कक्षा कोठामा व्यवस्थापन सीप सम्बन्धी तालिम संञ्चालन भएकाे छ ।
धवलागिरी गाउँपालिका र क्वालिटी एजुकेशन नेपाल अस्ट्रेलियाकाे सहयोगमा सम्बृद्ध ग्रामिण नेपालका लागि शैक्षिक उन्नयन (लर्न)ले सात दिन लगाएर शैक्षिक सामग्री निर्माण र कक्षा कोठामा व्यवस्थापन सीप सिकाएकाे हाे । तलिममा २८ वटा विद्यालयको आधारभूत तहमा अध्यापन गराउने १०४ जना शिक्षकहरुको सहभागिता रहेकाे गाउँपालिकाको शिक्षा शाखाका प्राविधिक सहायक ख्यामराज सुवेदीले बताए ।
विद्यार्थीमा पढाईप्रति रुची तथा सिकाई उपलब्धी बढाउन शिक्षकहरुले पाठ्यक्रसँग मिल्ने शैक्षिक सामग्री बनाएर कक्षा कोठामा प्रर्दशनी गर्न आवश्यक सामग्री उपलब्ध गराउँदा शिक्षण प्रभावकारी हुने मानिन्छ । पालिकाले चालु आर्थिक वर्षमा शैक्षिक क्षमता र सीप विकासकालागी दश लाख बिनियोजन भएको कार्यक्रम लागू भएको बिद्यालयको आधारभूत तह बालकक्षा देखि कक्षा ५ सम्मको कक्षा कोठामा शिक्षक र बिद्यार्थीहरुले शैक्षिक सामग्रीको प्रर्दशनी गर्नेछन् । तस्वीर ः सन्ताेष गाैतम

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
