- Loading...
वेमौषमी हिमपातले सास्ती
- पुनहिल डट कम
- १ साल अघि
- ३२२ पटक पढिएको

तस्वीर साैजन्य ः नविन पुन, महरे
जिल्लाको माथिल्लो क्षेत्रका पर्यटकीय गन्तब्यमा वेमौषमी हिमपात भएपछि त्यहाँ पुगेका पर्यटकले सास्ती पाएका छन ।
हिउँ पर्ने समय घर्केपछि धवलागिरी–अन्नपूर्ण वेसक्याम्प समेत जिल्लाका खोप्रा, पुनहिल, महरे लगाएतका उपल्लो क्षेत्र पुगेका पर्यटक वैशाख दोस्रो साता परेको वेमौषमी हिमपातपछि ति स्थानमा रोकिएका छन । हिउँ पर्ने मुख्य सिजन पुस/माघ महिनामा नपरेको हिउँ वैशाख दोस्रो साता देखी पर्न थालेको हो ।
‘वेमौषी हिमपातले पर्यटकलाई सास्ती भएको छ । हिमपातपछिको मनोरम दृष्यावलोकन गर्न त गज्जव राम्रो भएको छ । तर पर्यटकको यात्रा तालिका फेरिएको छ ्’ महरे सामुदायीक लजका म्यानेजर नविन पुनले भने, ‘हिमाली क्षेत्रका साँघुरा र भिरालो बाटो हिउँले ढोकिएकोले दुर्घटनाको जोखिम कम गर्न पर्यटकलाई यात्रा स्थगीत गर्न लगाएका छौं ।’
खोप्रा तथा महरे डाँडा प्राकृतिक सौन्दर्यमा रमाउन चाहने साहसीक पर्यटककालागी उपयुक्त छ । यो पदमार्ग टि हाउस र क्याप्प ट्रेकको मिश्रण हो ।
दुर्गम धवलागिरी गाउँपालिका, १ गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालका अनुसार वस्तीको वरपर बाक्लो हिमपात भएको छ । गुर्जाबाट नजिकको अर्को वस्ती लुलाङ पुग्ने बाटो हिउँले ढाकिएकोले पैदल सम्पर्क विच्छेद भएको छ ।
त्यसैगरी हिमालपारीको मुस्ताङको उपल्लो भेगमा पर्ने लोमन्थाङ र लोघेकरदामोदरकुण्ड गाउँपालिका तथा मध्य क्षेक्रको वारागुङमुत्तिक्षेत्र गाउँपालिका क्षेत्रमा हिमपात भएको मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी चन्द्रकान्त वस्नेतले बताए ।
‘माथिल्लो क्षेत्रमा हिमपात भएको छ । वेमौषमी हिमपात भएपनि स्याउ लगाएत कुनै खेती तथा पशुपालनमा क्षति पुर्याएको खवर छैन’ सहायक प्रजिअ वस्नेतले भने, ‘चिसो भने अत्याधिक बढेको छ । उपल्लो क्षेत्रमा पुगेका पर्यटक आज रोकिएपनि अलपत्र पर्ने स्थिती छैन ।’

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
