FLASH NEWS
- Loading...
सरकारले कर्मचारीलाई तलब ख्वाउन २० अर्ब रुपैयाँ ऋण लिँदै
- पुनहिल डट कम
- १ साल अघि
- १७८ पटक पढिएको
सरकारले बहालवाला कर्मचारीलाई तलब ख्वाउन २० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ। पैसा नभएर अवकाश कर्मचारीको पेन्सन भने रोकेको छ ।
सरकारले नेपाल राष्ट्र बैंकमार्फत सोमबार २० अर्ब रपैयाँ नयाँ आन्तरिक ऋण उठाउन लागेको हो। यसबाहेक पुरानो ८ अर्ब ६० करोड रुपैयाँ ऋण नवीकरण पनि गर्दैछ। तत्काल तिर्ने अवस्था नभएकाले उसले नवीकरण गर्न खोजेको हो।
सरकारले २८ दिने ट्रेजरी बिलमार्फत ५ अर्ब रुपैयाँ, ९१ दिनेमार्फत ५ अर्ब, १८२ दिनेमार्फत ६ अर्ब र ३६४ दिनेमार्फत ४ अर्ब रुपैयाँ उठाउने छ। २८ दिने अवधिको ५ अर्ब र ९१ दिने अवधिको ३ अर्ब ६० करोड रुपैयाँ नवीकरण गर्दैछ।
अघिल्लो पटक २८ दिनेको ब्याज ८.३३ प्रतिशत, ९१ दिनेको ९.६३ प्रतिशत, १८२ दिनेको ९.६५ प्रतिशत र ३६४ दिने ९.५५ प्रतिशत ब्याजदर कायम भएको थियो।
प्रतिक्रिया दिनुहोस