- Loading...
अन्नपूर्ण गाउँपालिकाद्वारा अपाङ्गता भएका ब्यक्तिलाइ सहायता सामाग्री सहयाेग
- पुनहिल डट कम
- १ साल अघि
- ४३८ पटक पढिएको

अन्नपुर्ण गाउँपालिकाले विभिन्न प्रकारका अपाङ्गता भएका ब्यक्तिलाइ अपाङ्गता सहयायता सामाग्री सहयाेग गरेकाे छ ।
अन्नपुर्ण अपाङ्गता संञ्जालकाे समन्वयमा गाउँपालिकाले दृृष्टीविहीनकालागी सेताे छडी, अल्मुनियम चियर, लेम्बाेट चियर, बेल्ट, एल्वाे चियर, म्याट्रिस,ह्वील चियर, हेरिङ एड, नि एमाेलाइजर, वाकर समेत २ लाख २२ हजार मुल्य बरावरका अपाङ्गता सहयायता सामाग्री सहयाेग सामाग्री शुक्रवार पाेखरे बगरमा अायाेजित एक कार्यक्रममा पालिका उपाध्यक्ष दीवा तिलिजा र प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले वितरण गरे । त्यसैविच सामाजिक विकास कार्यालय म्याग्दीले पनी म्याट्रिक सहयाेग गरेकाे संञ्जालले जनाएकाे छ ।
पालिका उपाध्यक्ष दीवा तिलिजाकाे प्रमुख अातिथ्यतामा र प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीकाे विशिष्ठ अतिथी रहेकाे सामाग्री हस्तान्त्रण कार्यक्रमकाे अध्यक्षता संञ्जालकी गाउँ अध्यक्ष जीना पाइजा र संचालन विशाल विकले गरेका थिए ।
त्यसैविच अन्नपुर्ण अपाङ्गता संञ्जालकाे अायाेजनामा अन्नपुर्ण गाउँपालिका भित्रका अपाङ्गता भएका ब्यक्ती, जनप्रतिनिधीहरू, स्थानीय तहका कर्मचारीहरू, अभिभावकहरू समेतकाे सहभागितामा ‘ स्थानीय तहमा अपाङ्गता अधिकार र समावेशी विकासकाे अवधारणा सम्बन्धी ’ प्रशिक्षण कार्यक्रम पनि अायाेजना गरिएकाे संञ्जालका अन्नपुर्ण सचिव विशाल विकले बताए ।
तालिमलाइ राष्ट्रिय अपाङ्ग महासंङका सचिवालय सदस्य सुरेन्द्र खत्री, शिक्षा विकास तथा समन्वय इकाइ म्याग्दीकी लेखाजाेखा केन्द्र संयाेजक कल्पना केसीले प्रशिक्षण गरेका थिए ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
