- Loading...
मंगोल नेशनल अर्गनाईजेशन म्याग्दीको तेस्रो वैशाख ८ र ९ गते बेनीमा
- पुनहिल डट कम
- १ साल अघि
- १३९ पटक पढिएको
मंगोल नेशनल अर्गनाईजेशन म्याग्दीको तेस्राे सभा बैशाख ८ र ९ गते हुने हुने भएकाे छ । अर्गनाइजेसनकाे तेस्राे अिधवेशनकाे वैशाख ८ गते वन्द सत्र र ९ गते सदरमुकाम बेनीकाे जिल्ला समन्वय समितिकाे सभाहलमा घाेषणा सभा हुने भएकाे छ ।
अहिन्दु मंगाेलहरूकाे मुक्तिकाे दावी गर्दै अाएका एमएनअाेकाे वैशाख ९ गते विभिन्न जातिय सांस्कृतिक झाँकी सहित र्याली सहित दिउँसाे नव निर्वाचित पदाधिकारिकाे घाेषणा गरिने भएकाे छ ।
अर्गनाईजेशनले बुधबार बेनीमा पत्रकार सम्मेलन गरी अधिवेशनको तयारी सम्बन्धी जानकारी दिएकाे हाे । पत्रकार सम्मेलनमा अधिवेशन आयोजक सभाका संयोजक डिके पुन मगरले अधिवशेनको तयारी, ब्यवस्थापन, प्रचारप्रसार र आर्थिक संकलन, प्रतिनिधि छनोटको काम अन्तिम चरणमा पुगेको जानकारी गराएका थिए ।
२०७३ सालदेखि म्याग्दीमा स्थापना भएको अर्गनाईजेशनले जिल्लाका सबैमा पालिकामा र २२ वडामा संगठन विस्तार गरेको अध्यक्ष डिकेले दावी गरे ।
हामी अहिन्दु त हाैं तर हामी क्रिस्चियन संस्थाबाट परिचालित भनी गरीएकाे अाराेप सत्य हाेइन, धर्म निरपेक्षताकाे पक्षमा छाैं । राज्यले विभन्न फर्ममा धर्म सम्बन्धी काेलम राखेकाे छ, हटाइनु पर्छ । अावश्यक छैन । – डिके पुनले बताए ।
संयोजक डिके पुनमगरको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा अर्गनाईजेशनका प्रदेशसभा सदस्य रनबहादुर फगामी, प्रचारप्रसार समितिका सचिव ओमराज मगरको उपस्थित भएको थियो । आर्थिक संयोजक दिपक पुनमगरले संचालन गर्नुभएको थियो ।