FLASH NEWS
  • Loading...

बेनीकाे विरेन्द्रचाेकमा स्थापित, ‘सहिद स्तम्भ कि बौद्ध स्तुपा ?’

  • पुनहिल डट कम
  • १ साल अघि
  • ३०२ पटक पढिएको
बेनीकाे विरेन्द्रचाेकमा स्थापित, ‘सहिद स्तम्भ कि बौद्ध स्तुपा ?’

सदरमुकाम बेनीदेखी पश्चिम छेउमा जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालयको गेट छेउमा एउटा स्तम्भ स्थापित छ ।
बेनी नगरपालिका, ७ विरेन्द्रचोकमा स्थापित स्तम्भको तल ‘सहिद स्तम्भ’ लेखिएको छ । भने माथिल्लो टुप्पोमा बौद्ध धर्ममा प्रचलित स्तुपा आकार बनाईएको छ । संरचना न सहिद स्तम्भ न बौद्ध स्तुपा जस्तो देखिन्छ । वा अर्थ लगाउँदा पनि न भगवान वुद्ध सहिद, न सहिद वुद्ध ।
‘विरेन्द्रचोकमा स्थापित सहिद स्तम्भको सिरमा राखिएको बौद्ध स्तुपाको झल्को आउने संरचना निर्माण कस्ले के प्रयोजनले गरेको हो म्याग्दी बौद्ध संघ संलग्न र जानकार छैन’ म्याग्दी वौद्ध संघका संरक्षक मध्यका राजेश शाक्यले भने, ‘कुनै पनि संरचनाको आफ्नै धार्मिक, संस्कृतिक वा एतिहाँसिक महत्व र उद्देश्य हुन्छ । तर विरेन्द्रचोकमा निर्मित यो न सहिद स्तम्भ न स्तुपा शैलीको संरचना निर्माण भएकोमा हामी बौद्धमार्गी असहमत छौं ।’
०४५ सालमा तत्कालिन राजा विरेन्द्रको पूर्णकदको शालिक राखियो । राजाको शालिक राखेपछि यस ठाउँको नाम विरेन्द्रचोक भएको हो । ०६२/०६३ सालको जनआन्दोलनक्रममा स्व.राजा विरेन्द्रको सालिक ढलाइयो । र ०६९ सालमा सालिक बाहेकको भागको माथिल्लो टुप्पोमा बौद्ध धर्ममा प्रचलित स्तुपा आकार थपेर ‘सहिद स्तम्भ’ बनाइएको हो ।
यो कुरुप संरचना भने तत्कालिन जिल्ला विकास समिति र पर्यटन वोर्ड पोखराले निर्माण गरेको हो । तत्कालिन जिल्ला विकास समिति अर्न्तगत रहेको आदीवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठानले पर्यटन वोर्डसमेतबाट बजेट ल्याएर विरेन्द्रको शालिक हटाएपछिको खाली स्थानमा लखन थापाको अर्धकदको शालिक राख्ने प्रयास असफल भएपछि यस्तो अधकल्चो र अमुर्त स्तम्भ बनेको हो ।
‘साविक जिविस अर्न्तगत गठित आदीवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठानबाट विरेन्द्रको शालिक फालेपछि रहेको संरचनामा लखन थापा मगरको अर्धकदको शालिक राख्न खोजेका थियौं । राज्यले थापालाई प्रथम सहिद घोषणा गरिनसकेकोले विरोध भएपछि तल सहिद स्तम्भ लेखेर माथी धेरै जनजाति बौद्धधर्मालम्बी भएकोले वुद्ध धर्मको प्रतिनिधित्व गर्न माथी स्तुपा आकार थपेका हौं’ तत्कालिन जिविस अर्न्तगतको आदीवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठान जिल्ला समितिको कार्यकारी उपाध्यक्ष रहेका र हाल जिल्ला समन्वय समितिका संयोजक राजकुमार थापाले भने, ‘प्रतिष्ठानबाट मात्र बजेट अपुग भएपछि पर्यटन वोर्डबाट समेत रकम जुटाएर निर्माण गरिएको हो । अपेक्षित संरचना नबनेकोले अझै संसोधन गर्न सकिन्छ नि ।’
संरक्षण गर्नु पर्ने एउटा सम्पदा नष्ट गरी स्थापित गरिएको संरचनाले पनि न सहिद स्तम्भको सम्मान पाउन सकेको छ न बौद्ध स्तुपाको । सम्मान र आदरले शिर नुहिनु पर्ने स्थल सवैको हाँसो र उपहासको वस्तु बनेको छ ।
बेनी नगरपालिका, ७ मंगलाघाटका नाम नखुलेका एक जना वज्राचार्य थरका ब्यापारीले करिव एक सय ५० बर्ष अघि निर्माण गरेको चौतारो सामान्य मर्मत गरी ‘सहिद लखन थापा’ चौतारो र विरेन्द्रचोकलाई ‘लखन चोक’ नामाकरण गरिएको भएपनि लोकवोलीमा विरेन्द्रचोक नै प्रचलनमा छ । इतिहाँसलाई पुजेर होईन संरक्षण गरेर आदर गरिनु पर्थ्यो । स्व.विरेन्द्रको शालिक फालेर स्थापित सहिद स्तम्भ पनि सम्मानित हुन नसकेकोले आवेग वा लहडमा कुनै स्थानको नाम परिवर्तन नहुने बुद्धिजिवीहरु बताउँछन ।
‘जर्मनमा अझै तानाशाही हिटलरको सालिक अझै सुरक्षित राखिनु हिटलर पुज्य भएकोले होईन, इतिहाँसको संरक्षण गर्न हो । सालिकहरु भावी सन्ततिकालागी विगतको ऐना हो’ विरेन्द्रचोक पुख्यौली थलो भै हाल हङकङमा कर्मथलो बनाएका गैहआवसिय नेपाली संघका पूर्व कोषाध्यक्ष तथा हङकङकालागी नेपाली पर्यटन दुत प्रकाश पुनले भने, ‘विरेन्द्र चोकमा प्रतिस्थापित सहिदस्तम्भले सहिदको सम्मान गर्न सकेको छैन । बेनीकै अर्को स्थानमा ब्यवस्थित सहिद स्थापना गरी जनजिव्रोमा प्रचलित विरेन्द्रचोकमा स्व.विरेद्रकै शालिक पुनःस्थापित गर्दा उपुक्त हुन्छ ।’
वौद्ध धर्म संस्कृतिमा मान्छेको मृत्यु भएपछि मृत शरिरलाई जलाऊने क्रममा एक टुत्रा हड्डी झिकी त्यसलाई सेतो कपडाले वेरिन्छ लाई स्तुपा भनिन्छ । स्तुपालाई मृतकका आफन्तले अन्तिम बाटो दिने (घेवा गर्ने) पछि सामान्य ब्यक्तिको भए लामाले माटोमा मिलाई दिन्छन । अति विशिष्ठ र धनीको भए तामा, पित्तल, सुनको भाँडोमा राखेर गाडिन्छ । उक्त स्तुपा कसैले झिक्न नसकोस भनेर वरपरबाट वलियो पर्खालले छोपिन्छ र विचमा स्तुपा राखिन्छ । बौद्ध संस्कृतिमा शारीरिक स्तुप, उदेश्यीक स्तुप, परिभोगिक स्तुप र ब्रतानुष्ठिन गरी चार प्रकारका स्तुपा प्रचलनमा छन ।