- Loading...
अन्नपूर्णमा ‘अध्यक्ष कप’ को उपाधी वडा नं ५ काे पाेल्टामा
- पुनहिल डट कम
- १ साल अघि
- २१५ पटक पढिएको

अन्नपूर्ण गाउँपालिकाले आयोजना गरेको अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधी वडा नम्बर ५ शिखले हात पारेकाे छ ।
वडा नं ७ घराम्दीमा शुक्रबार सम्पन्न भएको प्रतियोगिताको चार वटा मध्य दुई वटा खेलमा स्वर्ण र एक वटामा रजत पदक जित्दै शिखले उपाधी हात पारेकाे हो । नव वर्ष २०८० को अवसरमा चैत २७ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा वडा नम्बर ४ नारच्याङ एक स्वर्ण र एक रजत पदक जित्दै उपविजेता भएको छ ।
गाउँपालिकाका शिक्षा अधिकृत गणेश कटुवालले दिएकाे जानकारी अनुसार प्रतियाेगिताकाे बिजेता शिखले महिला भलिबल, पुरुष बास्केटबलमा स्वर्ण र प्रौद्ध भलिबलमा रजत पदक जितेको छ । बिजेता र उपबिजेतालाई गाउँपालिकाका अध्यक्ष भारतकुमार पुन, उपाध्यक्ष दिवा तिलिजा पुन, प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदी, वडा अध्यक्ष मइलन पुर्जा, रामबहादुर खड्का, लोकबहादुर फगामी, राजेश तिलिजाले कप, मेडल, प्रमाणपत्र प्रदान गरे ।
पुरुष वास्केटबलमा शिखले वडा नम्बर ८ राम्चेलाई ६२ का विरुद्ध ७६ स्कोरले जित निकालेको थियो । प्रौद्ध भलिबलमा वडा नम्बर ७ हिस्तानले शिखलाई २ का विरुद्ध ३ सेटले जित्यो । हिस्तानले दोस्रो, तेस्रो र पाँचौ सेट २५–२०, २५–१६ र १५–९ अन्तरले जितेको हो । शिखले पहिलो र चौथो सेट २५–२२ र २०–२५ अन्तरले जित्यो ।
पुरुष भलिबलमा नारच्याङले वडा नम्बर ६ घारलाई १ का विरुद्ध ३ सेटमा पराजित गर्यो । नारच्याङले दोस्रो, तेस्रो र चौथो सेट २५–११, २५–२२ र २५–१९ अन्तरले जितेको छ । पहिलो सेट घारले नारच्याङलाई २६–२४ अन्तरले जितेको थियो ।
पाँच दिनसम्म सञ्चालन भएको प्रतियोगितामा पुरुष, महिला भलिबल, पुरुष वास्केटबल र प्रौद्ध भलिबल खेलमा ८ वटा वडाबाट छनौट भएका खेलाडीहरु सहभागी भएका थिए । प्रत्येक बिधामा प्रथम र दृतीय हुने वडाले रु. ३० हजार र २० हजारका दरले पुरस्कार प्राप्त गरेका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताए ।
खेलाडी सहभागिताका लागि प्रत्येक वडालाई रु. ५० हजारका दरले अनुदान दिइएको थियो । वास्केटबलमा शिखका निर्मल पाईजा, पुरुष भलिबलमा नारच्याङका सुविन चोचाङ्गी, महिला भलिबलमा शिखका मनिषा पुन र पौढ भलिबलमा हिस्तानका याम बहादुर पुनलाई उत्कृष्ट खेलाडी घोषत भए ।
यसैगरी हिस्तानको महिला भलिबल टिमलाई वडा कार्यालयबाट रु. १५ हजार र टोलहरुबाट रु. ३० हजार गरि एकमुष्ट ४५ हजार प्रदान गरिएको थियो । नवौ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागि भएका अन्नपूर्ण गाउँपालिकाका महिला भलिबल खेलाडी शस्मी पुन, मनिषा तिलिजा र पुरुष वास्केटबलका खेमराज पुनलाई रु. पाँच/पाँच हजार सहित सम्मान गरिएकाे थियाे ।
सोही अवसरमा भएको नृत्य प्रतियोगितामा घराम्दीका एन्जल राम्जाली प्रथम, नागीका सिमा पुर्जा दृतीय, घराम्दीका उत्तम पुर्जा र नागीका नानुमाया पुन तृतीय भए ।
*तस्वीर साैजन्य ः सन्ताेष गाैतम

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
