- Loading...
महरे सामुदायीक हाेटलमा खानेपानी समस्या, खच्चडमा बोकेर पर्यटकलाई खुवाईदै
- पुनहिल डट कम
- २ साल अघि
- ३२० पटक पढिएको

अन्नपूर्ण–धौलागिरी सामुदायिक पर्यापदमार्गको उत्कृष्ट गन्तब्य महरेडाँडामा रहेको सामुदायिक होटलमा पर्यटकलाई खुवाउने खानेपानीको समस्या छ ।
दैनिक आउने पर्यटकलाई खुवाउन महरे सामुदायीक होटलले करिव एक किलोमिटर तल रहेको कुवाबाट दैनिक ६ वटा खच्चडमा पानी बोकाएर ल्याउने गरेको छ । होटलमा अहिले दैनिक ३०–४० जना बाहृय पर्यटक आउने गरेको महरे सामुदायीक होटलले जनाएको छ ।
तीन हजार तीन सय १० मिटर अग्लो महरे डाँडामा पानीको श्रोत नभएकोले बलेसी र हिउँ जम्मा गर्ने गरिएकोमा यो वर्ष हिउँदमा हिउँ र पानी नपरेपछि खानेपानी, शौचालय तथा वाथरुपमा प्रयोग हुने पानीको समस्या भएको हो । होटलमा पानी भण्डारण नभएकोले वनभरीका चराचुरुङ्गी र वन्यजन्तुले समेत पानी खाने एउटै कुवाको पानी अपुगहुँदा चैत–बैशाखमा समस्या हुने गरेको हो ।
‘यस वर्ष हिउँदमा पानी र हिउँ नपर्दा होटलमा अहिले पानीको समस्या भएको छ । होटलमा पर्यटकलाई खुवाउने, शौचालय र वाथरुपमा पानीको पुर्याउन खच्चडबाट ३५ लिटरका तम्बुमा पानी बोकाएर पानी ल्याउने गरेका छौं’ महरे सामुदायीक लजका म्यानेजर नविन पुनले भने, ‘कुवाको पानीलाई सौर्य उर्जाबाट पम्पराखी तान्ने प्रयास गरेपनि अधिक चिसो र घना जंगलभित्र सोलारले सिस्टमले पनि राम्रो काम गरेन ।’
अघिल्ला वर्ष होटलले चैत–बैशाखको सिजनमा महरे पुग्ने पर्यटक होटलमा खानेपानीको अभाव पुरा गर्न पुस/माघमा एक हजार लिटरका २० वटा ड्रममा हिउँ जम्मा गरी पगाल्दै खुवाउने गरेको थियो । छुट्टै खोल्सामा पनि हिउँ जम्मा गरी राखिन्थ्यो । असोज/कात्तिकको सिजनमा पानी अभाव पुरा गर्न वर्खायामको वलेसीपानी ड्रममा जम्मा गर्ने गरिएको थियो ।
यसरी जम्मा गरिएको पानीलाई मोक्स ब्रेन प्यूरीफाई सिस्टम (ःयह द्यचष्लभ एगचषथ क्थकतझ)बाट ‘ल्कोरिन’ उत्पादन गरी निर्मलीकरण गरेर होटलमा आउने पर्यटकलाई खाने/खुवाउने गरिएको छ ।
यसरी जम्मा गरिएको पानीलाई आवश्यकता अनुसार हाते पम्पले तानेर होटलको छुट्टै टंकीमा जम्मा गरिन्छ । क्लोरिर पानीले एक सय लिटर असुद्ध र फोहोर पानीलाई आधा घन्टामा जीवाणुरहित पारी पिउन योग्य बनाउँछ ।
खानेपानीको अभावग्रस्त सुन्दर पर्यटकिय क्षेत्र महरेमा वैकल्पिक खानेपानीको ब्यवस्था गर्ने प्रविधी भने सिङ्गापुरमा बस्ने अमेरिकी मिसेज किम र ब्रुस सल्ट (फ्ष् बलम द्यचगअभ क्जगति) दम्पत्तिले दुई हजार डलर लागतमा मोक्स विपिएस मेशिन र करिव दुई लाख खर्चेर होटलमा वलेसीको पानी जम्मा गर्ने टंकी जोडिदिएका हन ।
सामाजिक अभियन्ता महाविर पुनको अगुवाईमा १० वर्ष अघि बेनीबाट शुरु भै गलेश्वर–बाँसखर्क–नागी–महरे–डाँडाखर्क–स्वाता–खोप्रासम्मको १४ दिन लामो अन्नपूर्ण–धौलागिरी सामुदायीक पर्यापदमार्ग संञ्चालनमा ल्याइएको हो । अन्नपूर्ण चक्रिय पदमार्ग मोटरबाटोले विस्थापित हुन थालेपछि विकल्पको रुपमा यो रुट निक्कै चल्तिमा आउन थालेको छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
