- Loading...
उपल्लो मुस्ताङमा विमानस्थल बनाउने योजना कागजमै सिमित
- पुनहिल डट कम
- २ साल अघि
- २५५ पटक पढिएको

हिमालपारीको जिल्ला मुस्ताङको उपल्लो थलोमा विमानस्थल बनाउने योजना कागजमै सिमित छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले आइएफआइडी कन्सल्टेन्सी मार्फत उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका, १ चराङगाउँको तल्लो फाँटमा विमान स्थलको डिपिआर पनि बनाएको थियो । तर चार हजार मिटर उचाईमा प्रस्तावित उक्त विमानस्थल बनाउने योजना र डिपिआर मन्त्रालयमा थन्किएको छ ।
०७६ कात्तिक ११ गते तत्कालिन संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारी चराङ पुगेर विमान स्थल निर्माण प्रकृया अगाडी बढाउने प्रतिवद्धता जनाएका थिए । ०७५ सालमा सरकारले चराङमा विमानस्थल बनाउन प्रारम्भिक अध्ययन गरेको थियो । मन्त्री अधिकारीकै निर्दैशनमा प्राधिकरणले आइएफआइडी कन्सल्टेन्सीका सिभिल इन्जिनिय नरेश सिवाकोटी र प्रकाश श्रेष्ठलाई चराङ पठाई विमानस्थलको डिपिआर बनाउन लगाएको थियो ।
‘मुस्ताङको उपल्लो थलो चराङमा विमानस्थल बनाउन धेरै प्रकृया पुरा भएको हो । प्राविधिकले डिपिआर समेत बनाएका हुन । तर त्यसपछि योजना र डिपिआर कता पुग्यो, अज्ञात छौं’ गण्डकी प्रदेश सभामा मुस्ताङ क्षेत्र का तत्कालिन सदस्य इन्द्रधारा विष्टले भने, ‘हाइअल्टिच्युटको कुरा उठेको हो । उपल्लो मुस्ताङमा विभिन्न इस्युले गर्दा विमानस्थल बन्ने कुरा प्रभावित भएको छ ।’

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
