- Loading...
वेमौषमी वर्षाले गुराँसको रङ्ग उड्यो
- पुनहिल डट कम
- २ साल अघि
- १७८ पटक पढिएको

चैत पहिलो सातादेखी लगातार परेको वेमौषमी हिउँ र असिनापानीले फुलहरुको रङ्ग उडेपछि (डिसकलर) गुराँसे जंगलको अकर्षण घटेको छ ।
जंगलभरी ढकमक्क गुराँस फुलेको छ तर ति फुलमामा प्रकृतिक चमक उडेकोले फुस्रो देखिन थालेका छन । गुराँसे पदमार्गकालागी विश्व विख्यात घोडेपानी/पुनहिल (रेडहिल ट्रेक) क्षेत्रको पीक सिजनमा ढकमक्क गुराँस फुलेर राताम्मे जंगल चमक गुमाएको यौवना जस्तै देखिएको छ ।
‘रंगिन गुरासे जगल क्षणभरमै कुरुप भएपछि पदयात्रामा आएका बाहृय पर्यटकको मात्र होईन हाम्रो मन पनि अमिलो भएको छ’ घोरेपानीकी पर्यटन ब्यवसायी तारा पुनले भनिन, ‘सवै कुरा सिजन अनुसार हुनु पर्ने रहेछ । हिउँदमा हिउँ नपर्दा गुराँसले चिस्यान पाएन, फुलहरु भर्रखरै ढकमक्क हुँदानहुँदै असिनापानीले दिनदिनै चुटेपछि रङ्ग उड्न थालेको हो ।’
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का अनुसार घान्द्रुक–घोडेपानी–नागी–खोप्रासम्मको जंगल संसारकै ठूलो र घना गुराँसे जंगल हो । नेपालमा पाईने ३२ थरीका गुराँस मध्य घोडेपानीको जंगलमा ८ थरीका गुराँस पाईन्छन् । गुराँस १५ सय मिटर देखी ४ हजार मिटर उचाईसम्मको भु–भागमा फुल्दछ । अग्लो रुखहुने गुराँसको उपल्लो क्षेत्रमा भने होचा–होचा बुट्यानको रुपमा पाईन्छ । सिम्रीक र सेता रंगका गुराँसका रुखहरु अन्य गुराँस भन्दा अग्ला हुन्छन् ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
