- Loading...
पुनहिल–घाेरेपानी पर्यटकले भरिभराउ
- पुनहिल डट कम
- १ साल अघि
- ३९९ पटक पढिएको

म्याग्दीको अन्नपूर्ण गाउँपालिका, ६ मा पर्ने घोरेपानी/पुनहिलमा अनुकुल मौषम र ढकमक्क फुलेका गुराँशले ढाकिएसँगै बाहृय तथा आन्तरिक पर्यटक हृवात्तै बढेका छन ।
ब्यवसायीका अनुसार चैत लागेसँगै घोरेपानीमा दैनिक ५ सयको हाराहारीमा पर्यटक भित्रन थालेका छन । बाहृय पर्यटक मात्र होईन मोटरबाटोको सहजताले घुम्न आउने पर्यटकको संख्या पनि उल्लेख्य बढेको हो ।
‘०७२ सालको भुकम्पपछि पर्यटक घट्न थालेका हुन । कोरोना महामारीले ठप्प पर्यटन ब्यवसाय यो वर्षको चैत लागेपछि बाहृय पर्यटक आगमन बढेको छ । पुरानो चहल–पहल त फर्केको हैन तर दुई–तीन सय विदेशी पाहुना आउँदा सवै होटलमा दुई–चार जना पाहुना भैरहन्छन’ घोरेपानीकी होटल ब्यवसायी तारा गर्वुजा पुनले भनिन, ‘कोरोनापछि नेपाली आउने क्रम भने बढेको छ । नेपालीहरु अक्सर दुई–तीन दिन विदा हुँदा र शैक्षिक भ्रमणमा आउने बढी छन ।’
कोरोना महामारीपछि थला परेको पर्यटन ब्यवसायी यो सिजनमा घोरोपानी/पुनहिल क्षेत्रमा घुम्न आउने आउने पर्यटकको संख्या हृवात्तै बढेपछि ब्यवसायी उत्साही भएका हुन । पुनहिल भ्यु पोईन्ट र पर्यटकीय वस्ती घोरेपानी संसारकै ठूलो लालीगुराँशे जंगल भित्रको सानो वस्ती हो । घोरेपानीमा साना ठूलागरी ३० होटल तथा रेष्टुरेन्ट छन । तर यहाँका ५ वटा ठूला होटलले पुरै क्षमताको आधा बढी पाहुना राख्ने गर्छन ।
पर्यटकको आवागमन बढेसँगै स्थानीय अन्नपूर्ण गाउँपालिकाले पुनहिल प्रवेश गर्ने पर्यटकसँग शुल्क लिन थालेको छ । पुनहिल प्रवेश तथा पुनहिलमा टि एण्ड कफी सप संञ्चालन गर्न स्थानीय बालकृष्ण राना र रनबहादुर पुनले भ्याट सहित ५६ लाख ६० हजारमा ठेक्का लिएका छन । पुनहिल प्रवेश गर्दा नेपालीले प्रति ब्यक्ति ५० रुपैयाँ र विदेशी पर्यटकले प्रति ब्यक्ति एक सय ५० रुपैयाँ शुल्क तोकिएको छ ।
अन्नपूर्ण चक्रिय पदमार्गको उत्कृष्ट गन्तब्य ३ हजार २ सय १० मिटर उचाईको पुनहिल सूर्योदयको दृश्य हेर्न, धवलागिरी तथा अन्नपूर्ण हिमश्रृखलाहरु नजिकैबाट हेर्न नेपाली मात्र होईन संसारभरका पर्यटक आउने गरेका छन । पर्यटन प्रहरी कार्यालय घोरेपानीका अनुसार अन्नपूर्ण राउण्डगरी तातोपानीहुँदै, कास्कीको विरेठाँटी–उल्लेरीहुँदै, छोम्रोङ–घान्द्रुक–टाडापानीहुँदै र नागी–महरेहुँदै गरी चार वटा रुटबाट दैनिक करिव ३ सय बाहृय पर्यटक घोरेपानी भित्रने गरेका छन । भारतिय र नेपाली पर्यटकको अभिलेख राख्ने गरिएको छैन ।
‘घोरेपानी/पुनहिल आउने पर्यटकको संख्या बढेको छ । चार वटा रुटबाट पर्यटक घोरेपानी भित्रन्छन । चैत यता दैनिक २ सय देखी दुई सय हाराहारी विदेशी पर्यटकको रेकर्ड हामीसँग छ’ पर्यटन प्रहरी कार्यालय घोरेपानीका प्रहरी हवल्दार बमबहादुर थापाले भने, ‘एउटा रुटबाट साँझ अवेर आएर छेउको होटलमा बसेर अर्को रुट तर्फ लाग्यो भने हाम्रो रेकर्डमा छुट्न पनि सक्छ । नेपालीको त अभिलेख राखिन्न ।’
त्यसैविच सरकारले नेपालमा घुम्न आउने पर्यटकले अनिवार्य गाईड लैजानु पर्ने नियमको घोरेपानी क्षेत्रका पर्यटन ब्यवसायीले विरोध गरेका छन । सरकारको पर्यटक पदयात्रामा जाँदा अनिवार्य गाईड लैजाने नियमले वाकप्याक ट्रेक रुचाउने पर्यटक विच्किने र पर्यटकीय रुटमा रहेका साना होटल, रेष्टुरेन्ट र टि हाउसहरु मर्कामा पर्ने उनीहरुको दावी छ । गाईडहरुले पर्यटकलाई अफर आउने ठूला होटलमा मात्र पर्यटक लैजाने भएकोले साना होटल मर्कामा पर्ने उनीहरुको गुनासो छ ।
‘जुनसुकै क्षेत्रमा पनि अफरको कुराले प्रभावित बनाई हाल्छ । पर्यटक त गाईडको भरमा हिंड्ने र गाईडले ठूला होटलको अफरमा चल्ने भएपछि साना ब्यवसायी मर्छन’ घोरेपानी टोल सुधार समितिका अध्यक्ष विरेन पुनले भने, ‘साना होटलमा कि सस्ता पर्यटक बस्ने हो कि ठूला होटलमा प्याक भएपछि मात्र हो । कोरोनाले थला परेका साना ब्यवसायीलाई सरकारी नितीले झन प्रताडित बनाएको छ ।’

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
