FLASH NEWS
  • Loading...

म्याग्दीमा एमालेकाे मिसन ग्रासरूट सकियाे, मंगला र मालिका गापाबाट समिक्षा सुरू

  • पुनहिल डट कम
  • १ साल अघि
  • १७८ पटक पढिएको
म्याग्दीमा एमालेकाे मिसन ग्रासरूट सकियाे, मंगला र मालिका गापाबाट समिक्षा सुरू

नेकपा एमाले जिल्ला कमिटी म्याग्दीले सुरु गरेको ‘मिसन ग्रासरुट’ अभियानकाे पहिलाे चरण अन्त्य गर्दै पालिकास्तरमा अभियानकाे समीक्षा सुरु गरेकाे जनाएकाे छ।
फागुन पहिलो सातादेखि सुरु भएको मिसन ग्रासरुट अभियान को बारेमा वडा र टोलस्तरमा भएका गतिविधिबारे पालिकास्तरमा समीक्षा गरिएको हो ।
एमालेले मङ्गलवार मालिका गाउापालिकाको केन्द्र दरबाङ बजारमा, सोमबार मंगला गाउापालिकाको केन्द्र बाबियाचौरमा समीक्षा गरेकाे  जनाएकाे छ  । मिसन ग्रासरुटको समीक्षा कार्यक्रमलाई एमालेको केन्द्र, प्रदेश, जिल्ला र पालिकास्तरका नेताहरुले सम्बोधन र रिपोर्टिङ गरेका छन् ।
मालिकामा आयोजित मिसन ग्रासरुट अभियानको समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रीय सदस्य चन्द्रमोहन गौचन, गण्डकी प्रदेश कमिटीका अध्यक्ष नवराज शर्मा, गण्डकी प्रदेश सचिवालय सदस्य हरिकृष्ण श्रेष्ठ, गण्डकी प्रदेश सचिवालय सदस्य देवबहादुर घले, एमाले म्याग्दीका उपसचिव थमसरा पुन, जिल्ला कमिटी सचिवालय सदस्य एवं प्रदेश समन्वय कमिटी क्षेत्र (ख)को संयोजक खरमाया बिटालुलगायत नेताहरुले दुइ महिने अभियानकाे विविध पक्षबाट समिक्षात्मक मन्तब्य राखे ।