FLASH NEWS
  • Loading...

ब्यवसायी बोगटीको मृत्यु घट्ना कि दुर्घटना ?

  • पुनहिल डट कम
  • १ साल अघि
  • १८४६९ पटक पढिएको
ब्यवसायी बोगटीको मृत्यु घट्ना कि दुर्घटना ?

बेनी नगरपालिका वडा नं १ थाङ्ने घर भएका ४० बर्षिय ब्यवसायी सन्तोष बोगटी बेनी–बाग्लुङ सडक अर्न्तगत खवराको हुलाके डाँडास्थित भीरमा मृत अवस्थामा फेला परेका छन ।
सदरमुकाम बेनीमा फेन्से पसल गर्दै आएका बोगटी चैत २९ गते बुधवार राती बेनी नपा, १ रत्नेचौरबाट बेनी हिंडेका बोगटी घरमा नआएपछि खोजी गर्दा विहिवार विहान भीरको जरोमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरीले जनाएको छ । रत्नेचाैरबाट माेटरसाइकलमा हिंडेका बाेगटी भीरबाट खसेकाे अवस्थामा फेला पर्नु तर घट्नास्थलमा माेटरसाइकल, हेल्मेट समेतका साधन फेला नपर्नुलाइ परिवार र अाफन्तले रहस्यमयी ठानेका छन ।
‘ब्यवसायी बोगटी विहिवार विहान मृत अवस्थामा फेला परेपछि शव पोष्टमार्टमकालागी बेनी अस्पताल पुर्‍याईएको छ’ जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक मदन कुँवरले भने, ‘बोगटीको मृत्यु घट्ना वा दुर्घटना अनुसन्धान सुरु भएको छ । बोगटी घट्नास्थलमा कसरी पुगे भन्ने कुरा अनुसन्धान हुन्छ, पोष्टमार्टम रिपोर्टले पनि केही भन्ला ।’
मृतकका परिवार र आफन्तहरुका अनुसार बोगटी बुधवार साँझ रत्नेचौर स्थित एक रेष्टुरेन्टमा मदिरा सेवनगरी अर्का एक साथीसहित मोटरसाईकलमा बेनी हिंडेका थिए । तर ति साथी को हुन खुलाइएको छैन । आफन्तले रत्नेचौरबाटसँगै दुई जना बेनी हिंडेकामा एक जना बेनी पुगेको तर बोगटी विहिवार विहान भीरबाट खसेर मृत अवस्थामा फेला परेकोले निस्पक्ष अनुसन्धानको माग गरेका छन ।