FLASH NEWS
  • Loading...

बगरफाँटमा सेभेन ए साइड फुटबल प्रतियोगिता शुरु

  • पुनहिल डट कम
  • १ साल अघि
  • ११५९ पटक पढिएको
बगरफाँटमा सेभेन ए साइड फुटबल प्रतियोगिता शुरु

बेनी नगरपालिका २ बगरफाँटमा मंगलवार देखि एक लाख नगद पुरस्कार राशीकाे प्रथम सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता सुरु भएको छ ।
नयाँवर्ष २०८० को अवसर पारेर रिभरसाइड बगरफाँट युवा क्लवले आयोजना गरेको उक्त प्रतियोगिता गण्डकी प्रदेशका सांसद हरिबहादुर भण्डारीले उद्रघाटन गरे ।

बेनी नगरपालिका वडा नं २ का वडा अध्यक्ष यामबहादुर कार्कीले बगरफाँटका युवाको अग्रसरतामा खेलमैदान निर्माण भै फुटवल प्रतियाेगिता अायाेजना भएकाेमा अायाेजकलाइ धन्यवाद दिए ।

क्लवका अध्यक्ष सुनिल थापाको सभापतित्व,उपाध्यक्ष नारायण थापाको स्वागत र धु्रवसागर शर्माको संचालनमा सम्पन्न कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी, मीनबहादुर कार्की, कृष्णबहादुर थापा र चन्द्रबहादुर घिमिरे समेतले शुभकामना दिए ।

अायाेजकका अनुसार प्रतियोगितामा २२ टिमको सहभागिता रहेको र विजेताले नगद रु १ लाख, ट्रफि,मेडल र प्रमाणपत्र तथा उपविजेताले रु ५० हजारका साथमा ट्रफि,मेडल र प्रमाणपत्र पुरस्कार रहेकाे छ ।

*तस्वीर साैजन्य ः ध्रुवसागर शर्मा