FLASH NEWS
  • Loading...

पात्लेखेतमा नयाँ वर्ष मेला सुरु

  • पुनहिल डट कम
  • १ साल अघि
  • १०४७ पटक पढिएको
पात्लेखेतमा नयाँ वर्ष मेला सुरु

बेनी नगरपालिका, १० पात्लिखेतमा भुमे पुजा तथा नयाँ वर्ष २०८० को उपलक्ष्यमा मेला सुरु भएको छ ।
नव वर्ष मेलाको मंगलवार जिल्ला समन्वय समितिका संयोजक राजकुमार थापाले एक कार्यक्रम विच उद्घाटन गरे । मेलाको अवसरमा वाल बास्केटवल (१६ बर्ष मुनी), पुरुष बास्केटवल प्रतियोगिता, महिला भलिवल र प्रौढ (३५ बर्षमाथी) भलिवल प्रतियोगिता आयोजना गरिएको पात्लेखेत युथ क्लवले जनाएको छ ।


नव वर्ष मेलामा पहिलो चरणमा वाल बास्केट वल प्रतियोगिता संञ्चालन गरिएको र प्रतियोगितामा १९ टिमको सहभागिता रहेको छ । वाल बास्केट वल प्रतियोगितामा भाग लिन स्थानीय, छिमेकी वस्ती बाहेक मंगला गाउँपालिका, १ हिदी, रघुगंगा गाउँपालिका, ५ झिं, ६ पाखापानी र ७ चिमखोला तथा पर्वतको जललजा गाउँपालिकाको सालिजासम्मबाट किसोरहरुको टिम सहभागी भएको आयोजक पात्लेखेत युथ क्लवका अध्यक्ष हरी गर्वुजाले बताए ।