FLASH NEWS
  • Loading...

अन्नपूर्णमा ‘अध्यक्ष कप’ को उपाधी वडा नं ५ काे पाेल्टामा

  • पुनहिल डट कम
  • १ साल अघि
  • १५७ पटक पढिएको
अन्नपूर्णमा ‘अध्यक्ष कप’ को उपाधी वडा नं ५ काे पाेल्टामा

अन्नपूर्ण गाउँपालिकाले आयोजना गरेको अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधी वडा नम्बर ५ शिखले हात पारेकाे छ ।

वडा नं ७ घराम्दीमा शुक्रबार सम्पन्न भएको प्रतियोगिताको चार वटा मध्य दुई वटा खेलमा स्वर्ण र एक वटामा रजत पदक जित्दै शिखले उपाधी हात पारेकाे हो । नव वर्ष २०८० को अवसरमा चैत २७ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा वडा नम्बर ४ नारच्याङ एक स्वर्ण र एक रजत पदक जित्दै उपविजेता भएको छ ।

गाउँपालिकाका शिक्षा अधिकृत गणेश कटुवालले दिएकाे जानकारी अनुसार  प्रतियाेगिताकाे बिजेता शिखले महिला भलिबल, पुरुष बास्केटबलमा स्वर्ण र प्रौद्ध भलिबलमा रजत पदक जितेको छ । बिजेता र उपबिजेतालाई गाउँपालिकाका अध्यक्ष भारतकुमार पुन, उपाध्यक्ष दिवा तिलिजा पुन, प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदी, वडा अध्यक्ष मइलन पुर्जा, रामबहादुर खड्का, लोकबहादुर फगामी, राजेश तिलिजाले कप, मेडल, प्रमाणपत्र प्रदान गरे ।

पुरुष वास्केटबलमा शिखले वडा नम्बर ८ राम्चेलाई ६२ का विरुद्ध ७६ स्कोरले जित निकालेको थियो । प्रौद्ध भलिबलमा वडा नम्बर ७ हिस्तानले शिखलाई २ का विरुद्ध ३ सेटले जित्यो । हिस्तानले दोस्रो, तेस्रो र पाँचौ सेट २५–२०, २५–१६ र १५–९ अन्तरले जितेको हो । शिखले पहिलो र चौथो सेट २५–२२ र २०–२५ अन्तरले जित्यो ।

पुरुष भलिबलमा नारच्याङले वडा नम्बर ६ घारलाई १ का विरुद्ध ३ सेटमा पराजित गर्‍यो । नारच्याङले दोस्रो, तेस्रो र चौथो सेट २५–११, २५–२२ र २५–१९ अन्तरले जितेको छ । पहिलो सेट घारले नारच्याङलाई २६–२४ अन्तरले जितेको थियो ।

पाँच दिनसम्म सञ्चालन भएको प्रतियोगितामा पुरुष, महिला भलिबल, पुरुष वास्केटबल र प्रौद्ध भलिबल खेलमा ८ वटा वडाबाट छनौट भएका खेलाडीहरु सहभागी भएका थिए । प्रत्येक बिधामा प्रथम र दृतीय हुने वडाले रु. ३० हजार र २० हजारका दरले पुरस्कार प्राप्त गरेका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताए ।

खेलाडी सहभागिताका लागि प्रत्येक वडालाई रु. ५० हजारका दरले अनुदान दिइएको थियो । वास्केटबलमा शिखका निर्मल पाईजा, पुरुष भलिबलमा नारच्याङका सुविन चोचाङ्गी, महिला भलिबलमा शिखका मनिषा पुन र पौढ भलिबलमा हिस्तानका याम बहादुर पुनलाई उत्कृष्ट खेलाडी घोषत भए ।

यसैगरी हिस्तानको महिला भलिबल टिमलाई वडा कार्यालयबाट रु. १५ हजार र टोलहरुबाट रु. ३० हजार गरि एकमुष्ट ४५ हजार प्रदान गरिएको थियो । नवौ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागि भएका अन्नपूर्ण गाउँपालिकाका महिला भलिबल खेलाडी शस्मी पुन, मनिषा तिलिजा र पुरुष वास्केटबलका खेमराज पुनलाई रु. पाँच/पाँच हजार सहित सम्मान गरिएकाे थियाे ।

सोही अवसरमा भएको नृत्य प्रतियोगितामा घराम्दीका एन्जल राम्जाली प्रथम, नागीका सिमा पुर्जा दृतीय, घराम्दीका उत्तम पुर्जा र नागीका नानुमाया पुन तृतीय भए ।

*तस्वीर साैजन्य ः सन्ताेष गाैतम