- Loading...
म्याग्दीमा दुई वटा कोल्डस्टोर निर्माणाधिन
- पुनहिल डट कम
- २ साल अघि
- २७५ पटक पढिएको

जिल्लामा पहिलो पटक रघुगंगा गाउँपालिकामा दुई वटा शीतभण्डार/चिस्यान केन्द्र (कोल्डस्टोर) निर्माणाधिन छन ।
किसानले उत्पादन गरेका कृषीउपज संकलन, भण्डारण गर्न तथा तरकारी एवं फलफुल समेतको खाद्य तथा पोषण सुरक्षा गर्न रघुगंगा गाउँपालिकाले संघिय समपुरक बजेटबाट ९७ लाख लागतमा वडा नंम्बर २ भगवतीमा ४० मेट्रिक टन र वडा नं ६ पाखापानीमा २० मेट्रिक टन क्षमताको कोल्डस्टोर निर्माण गर्न थालेको छ । निर्माणाधिन दुवै कोल्डस्टोरका भवन निर्माण भै पोर्टेवल कोल्ड च्याम्बरमा तापक्रम ब्यवस्थापन गर्ने स्वचालित मेशिन जडान गर्न बाँकी छ ।
‘चिस्यान केन्द्रमा सुन्तला, किवी लगाएतका फलफुल र आलु लगाएत तरकारीलाई ६ महिनासम्म भण्डारण गर्न सकिन्छ’ प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ढकालले भने, ‘केन्द्रको च्याम्बरमा राख्ने तापक्रम नियन्त्रण गर्ने स्वचालित मेशिन भारतबाट ल्याउने प्रकृयामा छ । यही आर्थिक वर्षदेखी संञ्चालनमा ल्याउँछौं ।’
कृषी क्षेत्रलाई आधुनिकरण, ब्यवसायीकरण एवं प्रतिस्पर्धात्मक बनाउन, तरकारी तथा फलफुलको खाद्य तथा पोषण सुरक्षा दिन र कृषी क्षेत्रको आयात प्रतिस्थापन गर्न गाउँगाउँमा यस्ता चिस्यान केन्द्र आवश्यक छ । कृषी तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत प्रधानमन्त्री कृषी आधुनिकीकरण परियोजना अर्न्तगत म्याग्दीमा फुलफुल तर्फ सुन्तला जोन र तरकारी तर्फ आलु जोन कार्यक्रम लागु भएको छ । तर परियोजना अर्न्तगत उत्पादित सुन्तला र आलुलाई लामो समयसम्म भण्डारण गर्न कुनै चिस्यान केन्द्र भने छैनन ।
‘जिल्लाका एक दुई स्थानका कृषकले परम्परागत शैलीमा प्राकृतिक विधी अपनाएर सुन्तलालाई केही दिन भण्डारण गर्ने गरेका छन । तर ति सुरक्षित छैनन । जिल्लामा कतै पनि ब्यवस्थित र तापाक्रम ब्यवस्थापन सहितको चिस्यान केन्द्र छैनन’ कृषी ज्ञान केन्द्र म्याग्दीकी वाली संरक्षण अधिकृत निर्मला कटुवालले भनिन, ‘जिल्लामा ब्यवस्थित र आधुनिक प्रविधीजडित चिस्यान केन्द्र नभएकोले कृषकले बारीबाटै ब्यापारीलाई तरकारी वा फलफुल वेच्छन । तरकारी र फलफुल भण्डारण गरी राख्न सके उपभोक्ताले अफ सिजनमा खान सक्ने र कृषकले पनि मुल्य पाउने हुन्थ्यो ।’
आलु लगाएत दरकारीको परम्परागत शैलीमा भण्डारण गर्ने र सुन्तला समेत फलफुललाई ब्यापारीले सोझै बोट बाट टिपेर लैजाने परम्परागत शैलीले गर्दा पहिलो कृषकले मुल्य पाउन सकेका छैनन । अर्को उपभोक्ताले एउटा सिजनको केही दिनपछि ति फलफुल सेवन गर्न पाएका छैनन ।
‘ओसेपिलो जमिनमा परम्परागत ढुङ्गामाटोको घाम र अनावश्यक हावा नछिर्ने घर बनाई र्याक बनाई सुन्तला भण्डारण गर्ने गरेको छु । यसो गर्दा १५ दिन–एक महिनाबढी राख्दा सुन्तलामा ढुसी लाग्ने भयो’ अन्नपूर्ण गाउँपालिका, ६ घार विरौटाका कृषक ठाकुर बरुवालले भने, ‘हाम्री घर, बगैचा पर्यटकीय क्षेत्रमा पर्छ । सुन्तला मंसिर–माघमा पाक्छ, त्यो वेला पर्यटककालागी सिजन हुँदैन, जव फागुनपछि पर्यटकको सिजन आउँछ, सुन्तलाका ग्राहक पर्यटक आउँछन, बोटमा सुनतला हुँदैन । लामो समय भण्डारण गर्न सकेनौं ।’

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
