FLASH NEWS
  • Loading...

म्याग्दीमा दुई वटा कोल्डस्टोर निर्माणाधिन

  • पुनहिल डट कम
  • १ साल अघि
  • २०६ पटक पढिएको
म्याग्दीमा दुई वटा कोल्डस्टोर निर्माणाधिन

जिल्लामा पहिलो पटक रघुगंगा गाउँपालिकामा दुई वटा शीतभण्डार/चिस्यान केन्द्र (कोल्डस्टोर) निर्माणाधिन छन ।
किसानले उत्पादन गरेका कृषीउपज संकलन, भण्डारण गर्न तथा तरकारी एवं फलफुल समेतको खाद्य तथा पोषण सुरक्षा गर्न रघुगंगा गाउँपालिकाले संघिय समपुरक बजेटबाट ९७ लाख लागतमा वडा नंम्बर २ भगवतीमा ४० मेट्रिक टन र वडा नं ६ पाखापानीमा २० मेट्रिक टन क्षमताको कोल्डस्टोर निर्माण गर्न थालेको छ । निर्माणाधिन दुवै कोल्डस्टोरका भवन निर्माण भै पोर्टेवल कोल्ड च्याम्बरमा तापक्रम ब्यवस्थापन गर्ने स्वचालित मेशिन जडान गर्न बाँकी छ ।
‘चिस्यान केन्द्रमा सुन्तला, किवी लगाएतका फलफुल र आलु लगाएत तरकारीलाई ६ महिनासम्म भण्डारण गर्न सकिन्छ’ प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ढकालले भने, ‘केन्द्रको च्याम्बरमा राख्ने तापक्रम नियन्त्रण गर्ने स्वचालित मेशिन भारतबाट ल्याउने प्रकृयामा छ । यही आर्थिक वर्षदेखी संञ्चालनमा ल्याउँछौं ।’
कृषी क्षेत्रलाई आधुनिकरण, ब्यवसायीकरण एवं प्रतिस्पर्धात्मक बनाउन, तरकारी तथा फलफुलको खाद्य तथा पोषण सुरक्षा दिन र कृषी क्षेत्रको आयात प्रतिस्थापन गर्न गाउँगाउँमा यस्ता चिस्यान केन्द्र आवश्यक छ । कृषी तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत प्रधानमन्त्री कृषी आधुनिकीकरण परियोजना अर्न्तगत म्याग्दीमा फुलफुल तर्फ सुन्तला जोन र तरकारी तर्फ आलु जोन कार्यक्रम लागु भएको छ । तर परियोजना अर्न्तगत उत्पादित सुन्तला र आलुलाई लामो समयसम्म भण्डारण गर्न कुनै चिस्यान केन्द्र भने छैनन ।
‘जिल्लाका एक दुई स्थानका कृषकले परम्परागत शैलीमा प्राकृतिक विधी अपनाएर सुन्तलालाई केही दिन भण्डारण गर्ने गरेका छन । तर ति सुरक्षित छैनन । जिल्लामा कतै पनि ब्यवस्थित र तापाक्रम ब्यवस्थापन सहितको चिस्यान केन्द्र छैनन’ कृषी ज्ञान केन्द्र म्याग्दीकी वाली संरक्षण अधिकृत निर्मला कटुवालले भनिन, ‘जिल्लामा ब्यवस्थित र आधुनिक प्रविधीजडित चिस्यान केन्द्र नभएकोले कृषकले बारीबाटै ब्यापारीलाई तरकारी वा फलफुल वेच्छन । तरकारी र फलफुल भण्डारण गरी राख्न सके उपभोक्ताले अफ सिजनमा खान सक्ने र कृषकले पनि मुल्य पाउने हुन्थ्यो ।’
आलु लगाएत दरकारीको परम्परागत शैलीमा भण्डारण गर्ने र सुन्तला समेत फलफुललाई ब्यापारीले सोझै बोट बाट टिपेर लैजाने परम्परागत शैलीले गर्दा पहिलो कृषकले मुल्य पाउन सकेका छैनन । अर्को उपभोक्ताले एउटा सिजनको केही दिनपछि ति फलफुल सेवन गर्न पाएका छैनन ।
‘ओसेपिलो जमिनमा परम्परागत ढुङ्गामाटोको घाम र अनावश्यक हावा नछिर्ने घर बनाई र्‍याक बनाई सुन्तला भण्डारण गर्ने गरेको छु । यसो गर्दा १५ दिन–एक महिनाबढी राख्दा सुन्तलामा ढुसी लाग्ने भयो’ अन्नपूर्ण गाउँपालिका, ६ घार विरौटाका कृषक ठाकुर बरुवालले भने, ‘हाम्री घर, बगैचा पर्यटकीय क्षेत्रमा पर्छ । सुन्तला मंसिर–माघमा पाक्छ, त्यो वेला पर्यटककालागी सिजन हुँदैन, जव फागुनपछि पर्यटकको सिजन आउँछ, सुन्तलाका ग्राहक पर्यटक आउँछन, बोटमा सुनतला हुँदैन । लामो समय भण्डारण गर्न सकेनौं ।’