- Loading...
एसइई परिक्षामा सहभागी हुने गृहणीहरु विद्यालयकाे विदाइ
- पुनहिल डट कम
- १ साल अघि
- १९५ पटक पढिएको

शुत्रवारदेखी सुरु हुने माध्यामिक विद्यालय परिक्षा (एसईइ) परिक्षामा सामेल हुने ९ जना वयस्क विद्यार्थीहरुलाई उज्यालो बैकल्पिक विद्यालयले शुभकामना सहित विदाई गरेको छ ।
यस वर्ष उज्यालो वैकल्पिक विद्यालयबाट डिलकुमारी पुजा (५०), इद्रमती फगामी (३५), संगिता छिनाल (३५), राधादेवी पुन (५७), तुलकुमारी मल्ल केसी (५४), धनकुमारी विक (३९), रामदेवी पुन (४०), विष्णु गुरुङ (४९) र पुजा छन्त्याल (२८)ले एसइइ परिक्षामा सहभागी हुन लागेको शिक्षिका हेमा राना मगरले बताईन ।
विद्यालय पुगेरमा औपचारिक शिक्षा नपाएका वा विचमै कक्षा छोड्न बाध्य भएका गृहणीलाई शिक्षाको मुलधारमा ल्याउन सदरमुकाम बेनीमा सामुदायीक सकृयतामा खुलेको उज्यालो वैकल्पिक विद्यालयबाट पहिलो ब्याचका गृहणीहरु एसईइ परिक्षामा सहभागी हुन लागेका हुन ।
‘पाको उमेरमा पढ्न थालेका छौं, अन्य विद्यार्थीको जस्तो पढाई टिप्न नसकिने रहेछ । अध्ययनको हिसावले भीरमा अड्केका थियौं । उज्यालो विद्यालयको सहाराले माथी डिलमा उक्लने प्रयासमा छौं । माथी डिलमा उक्लने अन्तिम प्रयासमा छौं, मनमा हिक्मत छ तर मुटुमा एसइई परिक्षा भनेपछि ढुकढुकी पनि छ’ शुक्रवारदेखी शुरु हुन लागेको एसईइ परिक्षामा सहभागी हुन लागेकी विष्णु गुरुङले भनिन, ‘विहान बेलुका चुहृोचौका सम्हालेर फुर्सदको समयमा परिक्षा तयारी गर्दा धपेरी परेको छ ।’
वैकल्पिक विद्यालयमा तह ४ उत्तिर्ण गरे कक्षा ८ र पाचौं तह उत्तिर्ण गरे कक्षा १० सम्मको औपचारिक शिक्षा प्राप्त गर्न सक्छन । अनुभव र ज्ञानका आधारमा छोटो समयमा पढ्न सक्ने गरी तयार पारिएको फरक शैलीको पाठ्यक्रम अध्ययन/अध्यापन गराउने गरेको छ । तर कक्षा ८, ९ र १० कालागी अनौपचारिक तर्फको पाढ्यक्रम नपाएपछि औपचारिक विद्यालयकै पाठ्यक्रम पढाउने गरिएको छ ।
साविक शिक्षा कार्यालयको विद्यालय क्षेक्र विकास कार्यत्रम अर्न्तगत बयस्क नागरिकलाई शिक्षाको मुलधारमा ल्याउन शैक्षिक सत्र ०७३ देखी बेनीमा उज्यालो वैकल्पिक विद्यालय खुलेको हो । वैकल्पिक विद्यालयलाई अनौपचारिक पौढ विद्यालय पनि भन्ने गरिएको छ ।
‘सरकारको निरन्तर शिक्षा अर्न्तगतकै अनुभव र ज्ञानका आधारमा छोटो समयमा पढ्न सक्ने गरी तयार पारिएको फरक शैलीको पाठ्यक्रम हुन्छन’ शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख दलबहादुर थापाले भने, ‘१५–६० बर्ष उमेर समुहका सवैलाई साक्षर बनाउन निरन्तर शिक्षा अर्न्तगत गृहणी कक्षा र वैकल्पिक विद्यालय खुलेका भएपनि अहिले ति विद्यालयहरु स्थानीय तहले नै ब्यवस्थापन गर्ने गरेका छन ।’

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
