- Loading...
मालिका गाउँपालिकाले सिसा पेल्ने ‘ग्लास क्रसर’ राख्ने
- पुनहिल डट कम
- २ साल अघि
- ४४० पटक पढिएको

मालिका गाउँपालिकाले पालिकामा उत्सर्जन भएका सिसाजन्य फाेहाेर ब्यवस्थापन गर्न ‘ग्लास क्रसर’ राख्ने भएकाे छ ।
दोस्रो सदरमुकामले चिनिने मालिका गाउँपालिका केन्द्र रहेको दरवाङ बजारमा सिसाजन्य समेत अन्य फोहोर ब्यवस्थापन चुनौति बनेको छ । दरवाङ बजारबाट उत्सर्जन गर्ने फोहोरमैला नछुट्याई म्याग्दी नदी किनाराको छ्यारछ्यारेमा फाल्दै आएको छ । पालिकाले दरवाङबाट संकलित फोहोरमैलाबाट सिसाजन्य फोहोरलाई छुट्याएर ग्लास क्रसरमा राखेर पेल्ने गरी लागत अध्ययन थालेको जनाएको छ ।
पालिका केन्द्र रहेको दरवाङबाट उर्त्सजन हुने फोहोरको मात्र र प्रकारपनि धेरै हुन थालेपछि मालिका गाउँपालिकाले छुट्टै फोहोर मैला ब्यवस्थापन कार्यविधी बनाई लागु गर्ने भएको छ । पालिकाले निजी क्षेत्रसँग साझेदारी गरी संकलित फोहोरबाट पुनःप्रयोग गर्न मिल्ने, सड्ने र नसड्ने वस्तु छुट्याई फोहोरमैला ब्यवस्थापन गर्ने योजनामा छ ।
मालिका गापाले चालु आवमा फोहोर ब्यवस्थापन गर्न १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
‘दरवाङमा सिसाजन्य फोहोर ब्यवस्थापन ठुलो चुनौति बनेको छ । त्यसैले पालिकाले ग्लास क्रसर ल्याई सिसालाई पेल्ने योजनामा छौं । ग्लास क्रसर प्रति घन्टा कति सिसा पेल्ने भन्ने आधारमा मुल्य पर्ने रहेछ । सिसाको धुलो घरको ढलान र ल्बक बनाउन सकिने देखिएकोले निजी क्षेत्रसँग साझेदारी गरी ग्लास क्रसर ल्याउने योजनामा छौ’ मालिका गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्वुजाले भने, ‘पालिकाले प्रविधी ल्याउन सहयोग गर्छ । फोहोरको उचित ब्यवस्थापन गरे आम्दानी पनि हुने भएपछि निजी क्षेत्रसँग छलफल गरिरहेका छौं ।’ अध्यक्ष गर्वुजाले थपे, ‘ सिसाका वोटलहरु मानव श्वास्थ्य र प्रदुषणका मुख्य जोखिम बढाएकोले ब्यवस्थापनमा चुनौति बनेका छन ।’
सिसाजन्य बोटलहरु पुनःप्रयोगकालागी फिर्ता लैजाने ब्यवस्था नहुँदा गाउँसहरमा समस्या भएको हो । वियरसमेत विभिन्न मदिराका सिसाजन्य बोटलहरुले वस्तीको सौन्दर्य घटेको, प्रदुषण बढेको मात्र होईन दुर्घटना समेत बढाएको छ । वस्ती वरपर यत्रतत्र थुप्रो लागेका वोटलहरुले प्रदुषणमात्र गरेको छैन, फुटेका सिसाका टुक्राहरु खेतवारी तथा वाटोमा पुगेकोले स्थानियको खुट्टामा गाडिने समेतका दुर्घटना भैरहेका छन ।
फोहरमैला ब्यवस्थापन ऐन ०६८ ले हानीकारक, स्वास्थ्य संस्थाजन्य फोहरमैला, रसायनिक फोहरमैला, औधोगिक फोहरमैलाको ब्यवस्थापन भने संवन्धित ब्यक्ति वा संस्थालाई नै तोकेको भएपनि अनुगमन नहुँदा कार्यान्वयन भएको छैन । नसड्ने र जोखिमयुक्त यस्ता सिसाजन्य फोहोर उत्पादक कम्पनीहरुले नै फिर्ता लैजानु पर्ने हो तर वास्ता गरिएको छैन ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
