- Loading...
धवलागिरी हिमालफेदीका वस्तीमा एमालेको ‘मिसन ग्रासरुट’ अभियान सम्पन्र
- पुनहिल डट कम
- १ साल अघि
- २२१ पटक पढिएको

नेकपा एमाले म्याग्दीले सुरु गरेको ‘मिसन ग्रासरुट’ अभियान धवलागिरि गाउँपालिकाको विभिन्न वडामा सम्पन्न भएको जनाएकाे छ।
‘दक्षिणपन्थी अवसरवाद र सङ्गठनात्मक अराजकतालाई पराजित गरौं, जबजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरौं’ भन्ने मूल नारासहित जारी ग्रासरुट अभियान अन्तरगत धवलागिरी गापाकाे गुर्जा, लुलाङ, मुना, मुदी, मराङ, मल्कबाङ र ताकममा मिसन ग्रासरुट पार्टी सुदृढीकरण तथा विस्तार अभियान–२०७९ अन्तर्गत वडा कमिटीको वैठक तथा अभिमुखीकरण कार्यक्रम गरिएको एमाले म्याग्दीले जनाएको छ । अभियानको क्रममा पार्टीको सदस्यता नवीकरण, विस्तार, टोल तथा वस्तीस्तरमा पार्टीको अभियानसम्बन्धी योजना निर्माणका साथै स्थानीयको अपेक्षा र गुनासो सङ्कलन गरिएको पनि साे पार्टीले दावी गरेकाे छ ।
धवलागिरीकाे अभियानमा एमाले केन्द्रीय सदस्य चन्द्रमोहन गौचन, गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य हरिकृष्ण श्रेष्ठ, गण्डकी प्रदेश सचिवालय सदस्य खुमबहादुर बानियाँ, प्रदेश सभा (ख)का उम्मेदवार भै पराजित भएका यामबहादुर गर्बुजाले धवलागिरी गापाका वस्तीमा पुगेर पार्टीका निती कार्यक्रमसँगै मतदातालाइ धन्यवाद दिएकाे एमाले म्याग्दीले जनाएकाे छ ।
धवलागिरी गापासँगै जिल्लाका सवै पालिकाहरूमा एमाले पार्टी सङ्गठनलाई थप सुदृढ र सशक्त बनाउन ‘मिसन ग्रासरुट’ अभियान वडास्तरमा सञ्चालन भैरहेको पनी एमालेले बताएकाे छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
