- Loading...
सूर्यास्तसँगै पश्चिम आकाशमा मंगलबार एकसाथ देखिनेछन् चन्द्रमासहित ५ ग्रह
- पुनहिल डट कम
- १ साल अघि
- १९३ पटक पढिएको
मौसमले साथ दिए अहिले मंगलवार केहीवेरमा आकाशको पश्चिम दिशामा चन्द्रमा र पाँच वटा ग्रह एकसाथ देखिनेछन् । सूर्यास्तसँगै मंगलबार आकाशमा चन्द्र मात्रै नभएर बुध, वृहस्पति, शुक्र, मंगल र अरुण ग्रह पनि देखिनेछन् ।
पश्चिमतर्फ क्षितिजको नजिकै बुध र वृहस्पति एक ठाउँमा, त्यसको केही माथि आकाशमा शुक्र र अरुण र चन्द्रभन्दा पनि माथि मंगल ग्रह देखिने छ । चाँडै अस्ताउने भएकाले बुध र वृहस्पति हेर्न सूर्यास्तपछि आँध्यारो सुरु हुने बित्तिकै हेर्न सुरु गर्नुपर्छ । बुधभन्दा वृहस्पति दोब्बरले चक्किलो देखिन्छ ।
पाँच वटा ग्रहमध्ये अरुणको पृथ्वीबाट देखिने चम्किलोपन सबैभन्दा कम छ । कृत्रिम प्रकाशको प्रदूषण कम भएको ठाउँमा जाने हो भने अरुणबाहेक अन्य ग्रह नांगो आँखाले राम्रोसँग देख्न सकिन्छ । बुध सूर्य नजिकै हुन्छ । डाँडाहरुले नछेल्ने ठाउँमा नजाने हो भनेर यसलाई हेर्न अलि कठिन छ ।