FLASH NEWS
- Loading...
नवलपरासीको सर्दीमा वारी खन्दा बम भेटियो
- पुनहिल डट कम
- १ साल अघि
- २२९ पटक पढिएको

पूर्वी नवलपरासीको सर्दीमा बेवारिसे अवस्थामा बम फेला परेको छ । आइतबार दिउँसो बारीमा बम देखेपछि स्थानीयहरू त्रसित छन् ।
बारीमा मुला र गाजर सुकाए जस्तै गरी थुप्रै बम देखिएपछि स्थानीय जनप्रतिनिधिले प्रहरीलाई खबर गरेका थिए ।
सर्दीका स्थानीय बासिन्दा रुकेश सरामुका अनुसार आफ्ना बाबुनानीले जंगल नजिकै बारीम ती बमका गोला देखेका हुन् ।
बिनयी त्रिवेणी गाउँपालिकाको वडा ५ धुर्कोट भेडीगाउँको बारीमा बम फेला परेको हो । जंगलमा चौपाया चराउन गएका किसानहरूले देखेपछि खोतल्दै जाँदा एकै ठाउँमा ९ वटा बम देखिएको थियो ।
भारतीय सेनाका पूर्वसैनिक समेत रहेका सरामुका अनुसार ती ८१ एमएम मोटरको बम (गोला) हुन् । साथै ५२ सय मिटर रेन्जका ती बम जमिनमा विस्फोट हुँदा १ सय ८० मिटर वरपरको क्षेत्र ध्वस्त पार्ने सरामुले दाबी गरे ।
जिल्ला प्रहरीका निमित्त प्रमुख सन्तोष पाठकले भर्खरै यसबारे जानकारी पाएकाले दुम्कीवासका प्रहरी निरीक्षकको टोली पठाउने बताएका छन् । ती बम कसले र कहिले राखेको भन्नेबारे यकिन भएको छैन । *कान्तिपुरमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
