- Loading...
८२ जनाले फेरी पाए गुमेकाे ज्याेति
- पुनहिल डट कम
- २ साल अघि
- २६४ पटक पढिएको

बेनी नगरापलिका, ९ कुवागैहका भीमबहादुर थापा (७३) एकल पुरुष हुन । शरिर तन्दुरुस्तहुँदासम्म उनी विभिन्न ब्यक्तिको गाई, भैसी, भेडा, बाख्रा गोठका फिरन्ते गोठाला भएर वित्यो । हातपाखुरा र तिघ्रामा तागत घटेपछि सवैले काम बाट निकाले । पुख्यौली घर फर्केपछि भीमबहादुरले झुत्रो र जीर्ण घर रुँगेर छिमेकीको काम गर्दै ल्याएर आफै पकाएर खान्थे । पछिल्ला एक बर्षदेखी आँखाको ज्याति गुमाए । अनि सुरु भयो, झन कष्टकर जीवन भोगिरहेका थिए । नाताले नजिकका भाई सम्मरबहादुर थापाले छ भन्ने सुनेपछि भीमबहादुरलाई डोर्याउँदै बेनीको आँखा शिविरमा ल्याएका हुन । जहाँ भीमबहादुरको दुवै आँखामा लागेको मोतिया विन्दुको शल्यक्रिया भएको हो ।
‘आँखा नदेख्दा दिउँसो हो की राती पत्तो नपाउने भैसकेको थिए । आँखाको उपचारपछि संसार देख्न पाउँदा सपना हो कि विपनामा छु जस्तो लागेको छ’ भीमबहादुरले भने, ‘अव त आफैले चर्पी जान्छु, पकाएर खान सक्छु । सवैलाई आर्शिवाद छ ।’
भीमबहादुर उदाहरण मात्र हुन, मोतिया विन्दु भएर बर्षौदेखी आँखाको ज्योति गुमाएका जिल्लाको विभिन्न कुनाकोप्चाका वस्तीमा रहेका ८२ जनामा मोतिया विन्दुको शल्यक्रिया भएको छ । जिल्लाका विभिन्न स्थानमा गरिएको आँखा परिक्षण (स्किनिङ) शिविरबाट पहिचान भएका मोतिया बृद्धबृद्धालाई बेनीमा ल्याएर नि:शुल्क मोतियोविन्दु शल्यक्रिया गरिएको हो ।
नेत्र ज्योति संघ म्याग्दीको आयोजनामा हिमालय आँखा अस्पताल पोखराको प्राविधिक तथा जर्मन नागरिक माईकल वार्डेन एण्ड फ्रेण्डसहरुको शल्यक्रियामा हुने आर्थिक सहयोगमा चैत ५–७ गतेसम्म मोतिया विन्दुको शल्यक्रिया शिविर आयोजना गरिएको थियो ।
‘विभिन्न दुर्गम गाउँवस्ती डुल्दै आँखाको शिविर चलाएर मोतिया विन्दु भएका विरामी पहिचानगरी उनीहरुलाई बेनी र पोखरासम्म पुर्याएर नि:शुल्क शल्यक्रियाबाट आँखाको ज्योति फर्काउन धेरै सहयोगी मनहरुको योगदान छ’ नेपाल नेत्र ज्योति संघका अध्यक्ष अमर बानियाँले भने, ‘यो शिविरमा तीन दिनमा ८२ जनाको र गत असोजमा पोखरा पुर्याएर २९ जनाको गरी यो वर्ष एक सय एक जनाको आँखामा लागेको मोतिया विन्दुको शल्यक्रिया गरी ज्योति फर्काएका छौं ।’
अध्यक्ष बानियाँले गाउँगाउँमा आँखा शिविर लैजाँदा मोतिया विन्दु भएका मात्र होईन, जलविन्दु लागेका वा लाग्ने संकेत भएका र अन्य आँखाको रोग पत्ता लगाई उपचार समेत गराउने गरेका छौं ।’
मोतिया विन्दुको शल्यक्रिया शिविर संञ्चालन गर्नु अघि स्थानीय पालिका र संघसंस्थाको संयोजन र सहयोगमा जिल्लाका दर्जनबढी वस्तीमा मोतिया विन्दु स्किनिङ शिविर गरिएको हो । त्यसैविच आँखा परिक्षण शिविरमा एक–एक जना जलविन्दु भएका विरामीको पहिचान भएको छ । जलविन्दु पहिचान भएका विरामीलाई आँखामा थप क्षति हुन नदिन पोखरा रिफर गरिएको पनि संघले जनाएको छ । जलविन्दुबाट आँखाको ज्योति गुमेको खण्डमा पुन: ज्योति फर्काउन नसकिने रोग हो ।
‘दुई वर्षपछि फेरी संसार देख्न पाउँदा औधी खुसी लागेको छ । भगवान नै भेटे झै भएको छ’ अन्नपूर्ण गाउँपालिका, ७ औलाका ७२ बर्षिय यामबहादुर पुनले भने, ‘अव त मैले नमर्दासम्म आँखा देख्न सक्छु रे ।’

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
