- Loading...
प्रयोगात्मक शिक्षाकालागी लिटल गार्डेनमा विद्यार्थीको खाना महोत्सव
- पुनहिल डट कम
- १ साल अघि
- ३८७ पटक पढिएको

कक्षा सातमा अध्ययनरत अनिमा केसी, प्रियंका मल्ल, दिप्सना सापकोटा समेत ९ जना केटी साथीले खोलेको खाना स्टलमा एग रोल, चापटी, सेलरोटी, अचार, चिया पाईन्छ ।
उनीहरुले एक सय ५० रुपैयाँका दरले १ हजार ४ सय रुपैयाँ लागानीमा खोलेको खाना स्टलबाट दुई हजार एक सयको ब्यापार भयो ।
त्यसैगरी कक्षा ८ मा अध्ययनरत १६ जना छात्राहरु मिलेर खोलेको रेष्टुरेन्टमा सेकुवा, म.म. समेत पाईन्छ । दुई हजार ८० रुपैयाँ लगानी गरी रेष्टुरेन्टबाट चार हजार ६ सय ५० रुपैयाँको ब्यापार भयो ।
शैक्षिक संस्थाहरुले ब्यवहारोमुखी शिक्षा भन्दा सैदान्तीक र घोकन्ते शिक्षामा केन्द्रीत भएको आरोप लागीरहेको बेला यहाँको सदरमुकाम बेनीको लिटल गार्डेन एकेडेमीले कक्षा ६–९ सम्म अध्ययनरत विद्यार्थीको प्रयोगात्मक सीप विकासकालाग िखाना महोत्सव आयोजना गरेको थियो ।
‘स्कुलमा पेशा विषयमा ब्यवसाय के हो, कसरी गर्ने र ब्यवसायीक सीप के हुन ? भन्ने पढेका थियौं । स्कुलमा पढेको र घरमा आमा, दिदीभाउजुले पकाउँदा सीकेको पाक सीपको ब्यवहारिक अभ्यासगरी खाना महोत्सवमा सहभागी भएका हौं’ कक्षा ९ की अनिमा केसीले भनिन, ‘हामी स्कुलमा पढ्ने बाहेक घरमा खाना पकाउन पनि सिक्छौं, त्यही सीपलाई कितावमा पढे अनुसार खाना महोत्सवमा ब्यापार कला पनि अभ्यास गरेका हौं ।’
महोत्सवमा खाना पकाउने, विक्रि गर्ने, ग्राहक ब्यवस्थापन गर्ने र लगानी–लाभको हिसाव राख्ने सवै काम विद्यार्थीहरुले नै गरेका थिए । कक्षागत र छात्रा तथा छात्रको छुट्टाछुट्टै विभिन्न ८ वटा खानाका स्टल थिए । महोत्सवमा चिकन विर्यानी, ससेज, म.म., एगरोल, चीया, सेलरोटी, अचार, सेकुवा, दही, लस्सी लगाएत दर्जनबढी खानाको परिकार बनाएका थिए । खानाको स्वाद र मुल्य पनि उनीहरुको स्टल अनुसार फरक फरक थियो ।
‘स्कुलमा पेशा ब्यवसाय सम्बन्धी विषय पढेपनि केटाहरुले घरमा खाना पकाउन सीप कम जानेका हुन्छन वा चासो राख्दैनन भन्ने छ । त्यसैले केटाहरुको छुट्टै स्टल राखेका छौं’ कक्षा ९ का मुख्य कुक रन्जित आरडीले भने, ‘हाम्रो समुहमा ९ जना छौं । हाम्रो स्टलको मुख्य आर्कषण चिकन विर्यानी हो । र महोत्सवमा सवैभन्दा बढी पनि विक्रि भयो ।’ समुहका अर्का कुक सफल सापकोटाले थपे, ‘खानाको परिकार बनाउन त हामीले घरमै सिकेका थियौं । यहाँ कसरी बेच्ने भन्ने ब्यवसायीक सीपको प्रयोगात्मक अभ्यास पनि भयो, धेरै सिकाई भनि भयो ।’
विद्यार्थीहरुले कक्षामा अध्ययन गरेको पेशा (अकुपेशन) विषय अध्ययनक्रममा सिकेका ज्ञान र घरमा दैनिक खानाका परिकार पकाउँदा सिकेका पाक सीपलाई प्रयोग गरी खाना महोत्सव गरेका हुन । सोही खाना महोत्सवमा विद्यार्थीले विभिन्न परिकार पकाउने र ग्राहकलाई वेच्ने गरेका हुन । विद्यार्थीले पकाएको खानाको परिकार महोत्सवमा आएका अभिभावक, आमन्त्रीतहरु र विद्यार्थीहरुले एक आपसमा किनेर खाएका थिए ।
‘विद्यार्थीले कक्षामा सिकेका ज्ञान, परिवार र समाजमा देखेर वा अभ्यासगरी आर्जेको ज्ञानको सिर्जनात्मक प्रर्दशनी गर्न विद्यालयले प्रोत्साहन गरेको हो । खाना महोत्सवको सवै लगानी विद्यार्थी आफैले गरेका हुन र आम्दानी वा घाटा भएको भएपनि ति विद्यार्थी आफैको हो’ लिटल गार्डेन एकेडेमीका प्रिन्सिपल दीपक सुवेदीले भने, ‘महोत्सवले विद्यार्थीको पाक सीप, ब्यवसायीक दक्षता र ब्यापार कला सम्बन्धी प्रयोगात्मक ज्ञान दिएको छ । त्यस्तै बालबालिकामा प्रतिस्पर्धी, ब्यवहारीक र सिर्जनसील बन्न प्ररित गर्छ ।’

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
