- Loading...
म्याग्दी क्याम्पसमा स्ववियु निर्वाचन स्थगित
- पुनहिल डट कम
- १ साल अघि
- १८४ पटक पढिएको

म्याग्दीको बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको (स्ववियु) निर्वाचन स्थगित गरिएको छ ।
क्याम्पस प्रशासनले बुधवार (आज) सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि चैत ५ गते हुने निर्वाचनका सम्पूर्ण कार्यक्रमहरु स्थगित गरेको जनाएको छ ।
स्ववियु निर्वाचनलाई लिएर विद्यार्थी संघ संगठनहरुकाबीच विवाद भएपछि क्याम्पस प्रशासनले अर्को सूचना जारी नभए सम्मका लागि निर्वाचनका सम्पूर्ण कार्यक्रमहरु स्थगित गरेको हो । स्ववियु निर्वाचनलाई लिएर नेकपा निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले स्ववियु निर्वाचन कार्यालयमा सोमबार तालाबन्दी गरेको थियो ।
तालाबन्दीका विषयमा लिएर मंगलबार क्याम्पस सञ्चालक समिति,प्रशासन,निर्वाचन समिति र स्ववियु निर्वाचन २०७९ का लागि दर्तावाला संघसंगठनका प्रतिनिधिहरुबीच भएको वैठकको निर्णय बमोजिम बुधवार (आज) विहान ११ बजे सम्म विद्यार्थी संंघ संगठनहरुलाई सहमति गर्ने समयावधि तोकिएकोमा उक्त समयभित्र सहमति कायम भएको सूचना नआएकाले निर्वाचनका कार्यक्रमहरु स्थगित गरिएको क्याम्पस प्रमुख गोरख बहादुर जिसीले बताए ।
यसैगरी मंगला गाउँपालिका स्थित बाबियाँचौरमा रहेको मंगला शिक्षा क्याम्पसमा पनि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव नेपाल विद्यार्थी संघ र अखिल क्रान्तिकारीले बहिस्कार गरेको छ । सत्तारूढ दलका भातृसंगठनकाे गठवन्धनले निर्वाचनका बारेमा क्याम्पस प्रशासनले जानकारी नदिएको , विद्यार्थी भर्नाका बारेमा प्रष्ट सूचना दिन आनकानी गरेको अाराेप लगाउँदै स्ववियु निर्वाचन कार्यालयमा तालाबन्दी गर्दै चुनाव बहिष्कारको घोषणा गरेका हुन ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
