- Loading...
खानेपानी मुहान विवादले दुइ वस्ती विच झडपको अवस्था उत्पन्न
- पुनहिल डट कम
- १ साल अघि
- ३३९ पटक पढिएको

खानेपानीको मुहानमा विवाद हुँदा बेनी नगरपालिका–१ रत्नेचौर र बागलुङ नगरपालिका–४ उपल्लाचौरका बासिन्दाबीच झडपको अवस्था उत्पन्न भएको छ । रत्नेचौरवासीले पुस्तौंदेखि भोगचलन गर्दै आएको बागलुङ–५ मालिका गाउँको पुछारमा अवस्थित कमेरेको मुहानमा उपल्लाचौरवासीले आफ्नो जिल्लाको मुहान भन्दै दाबी गरेपछि विवाद सुरु भएको हो ।
रत्नेचौरवासीले पुस्तौंदेखि पिउँदै आएको मुहानलाई भौगोलिक सीमाभित्र भएको भन्दै बागलुङ नगरपालिकाले मुहानको पानी उपल्लाचौर लैजाने प्रयास गरेको हो । ‘उपल्लाचौरमा पनि खानेपानीको समस्या विकराल छ । खानेपानीका लागि अर्को विकल्प नपाएपछि कमेरेको मुहानलाई व्यवस्थित गरी दुई बस्तीले पानी बाँडेर खाऔं भन्ने हो । पहिल्यैदेखिका उपभोक्ता भएकाले रत्नेचौरमा ६० र उपल्लाचौरवासीले ४० प्रतिशत पानी ल्याउन प्रस्ताव गरेका हौं । तर सहमति जुटेको छैन,’ बागलुङ नगरका उपप्रमुख राजु खड्काले भने, ‘खानेपानीको समस्याले छिमेकी बस्तीबीच विवाद भइरहेको छ । छलफलबाटै समस्या सुल्झाउन प्रयासरत छौं ।’
सहमति प्रयास जारी रहेको बागलुङ पक्षबाट बस्तीका सबै उपभोक्ता डोजरसहित पुगेर ट्यांकी भत्काउनु गल्ती भएको बागलुङ नगरपालिकाले स्विकारेको छ । तनाव रोक्न बागलुङ नगरले आइतबार उपल्लाचौरवासीलाई विवादित उक्त खानेपानी मुहानमा नजान भनेको छ । ‘विविध पक्ष र तहमा बैठक, भेलाबाट समस्या निकाल्ने प्रयास भइरहेका बेला रत्नेचौरवासीले प्रयोग गरिरहेको ट्यांकीमा क्षति पुर्याउनु कमजोरी देखियो । वातावरण तनावग्रस्त बनेपछि म आफैं पुगेर स्थिति सामान्यीकरण गरेको हुँ,’ बागलुङका उपप्रमुख खड्काले थपे, ‘बागलुङ र म्याग्दीका समन्वय प्रमुख, बेनी तथा बागलुङ नगरप्रमुख, उपप्रमुखहरू, दुवै जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा दुवैतर्फका वडाध्यक्ष एवं अगुवाहरू बीच धेरै पटक समस्या समाधानका लागि विकल्पमा खोजी रहेका छौं ।’ वारिपारिका हामी बासिन्दा आपसमा नातागोता नै भएकाले वातावरण उत्तेजित बनाउने काम कसैले गर्न नहुने खड्काले बताए ।
कमेरे मुहानको पानी रत्नेचौरवासीले २०२३ सालदेखि उपयोग गर्दै आएका हुन् । उसबेला खानेपानीका पाइप थिएनन्, व्यक्तिका खेतको छेउछेउबाट भीरपाखामा कुलो खनेर पानी ल्याई रत्नेचौरवासीले पानी पिउने गरेका थिए । कमेरे मुहान साविक मालिका–५ खड्काचौरका खनराम थापाको खेतमा पर्ने भएकाले ०४७ सालमा रत्नेचौरवासीले थापालाई १२ हजार नगद दिएर मुहान लिखित रूपमा लिएको रत्नेचौरवासीको दाबी छ ।
‘रत्नेचौर सुक्खाग्रस्त क्षेत्र हो । रत्नेचौरको वरपर पानीका मुहान छैनन् । त्यसैले पुर्खाले कमेरे मुहानको पानी स्थानीय जग्गा/खेतधनीको चित्त बुझाइ कुलोबाट ल्याइखाएका हुन्,’ रत्नेचौर घर भएका कांग्रेस नेता नेत्रबहादुर महतले भने, ‘पुर्खादेखि कसैले पिउँदै आएको मुहानलाई थुनेर अन्यत्र लैजान्छु भन्नु बलमिच्याइँ मात्र हो । हामीले पिउने खानेपानीको अर्को स्रोत नभएको र बागलुङवासीले पानी ट्यांकीसमेत फुटाइदिएकाले अब न्याय माग्न अदालत जान्छौं ।’ यसअघि पनि उपल्लाचौरवासीले उक्त मुहानको पानीमा दाबी गर्दै आएका थिए । विवाद मन्त्रालयमा समेत पुगेपछि साविक खानेपानी मन्त्रालयले अर्को समुदायले पिउँदै आएको खानेपानीको मुहानमा अर्को बस्तीका लागि खानेपानी योजना चलाउन नसकिने निर्णय दिएपछि शान्ति भएको थियो ।*कान्तिपुरमा समाचार छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
