- Loading...
म्याग्दी क्याम्पसमा पनि चैत ५ गते नै स्ववियु निर्वाचन हुने
- पुनहिल डट कम
- १ साल अघि
- ३४१ पटक पढिएको

म्याग्दी बहुमुखी क्याम्पसमा पनि आगामी चैत ५ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुने भएको छ ।
क्याम्पस संञ्चालक समितिको शनिवार बसेको बैठकले त्रिभुवन विश्वविद्यालयले तोकेकै दिन चैत ५ गते नै स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन गराउने निर्णय गरेको हो । त्रिवि अर्न्तगतका अधिकांश क्याम्पसमा आज शनिवार उम्मेदवारी मनोनयन दर्ता भएपनि म्याग्दी क्याम्पसमा स्ववियु निर्वाचन गर्ने/नगर्ने टुङ्गो लागेको थिएन ।
‘क्याम्पस संञ्चालक समितिको बैठकले एकमतकासाथ त्रिविले तोकेकै मितीमा स्ववियु निर्वाचन गराउने निर्णय गरेको छ । सोही अनुसार चैत १ गते मनोनयन दर्ता गराउनेगरी निर्वाचन समिति तयारीमा जुटेको छ’ म्याग्दी क्याम्पस संञ्चालक समितिका सदस्य सचिव समेत रहेका क्याम्पस प्रमुख गोरखबहादुर जिसीले भने, ‘म्याग्दी क्याम्पस स्वायत्त संस्था भएकोले आफु अनुकुल समयमा स्ववियु निर्वाचन गराउन सक्छ । तर हामी त्रिविले तोकेकै मितीमा निर्वाचन गराउन प्रतिवद्ध र तयारी अवस्थामा छौं ।’
म्याग्दी क्याम्पस प्रशासनका अनुसार अासन्न स्ववियु निर्वाचनकालागी एक हजार ४१ संभावित मतदाता रहने छन । क्याम्पसकाे स्नातक तथा स्नाकाेत्तर तह दाेस्राे, तेस्राे र चाैंथाे वर्षका विद्यार्थी भर्ना हुन बाँकी रहेकाेले फागुन ३० गतेसम्म भर्ना भएका विद्यार्थीकाे अन्तीम नामावली प्रकाशन गरिने छ । क्याम्पसमा कक्षाा ११ र १२ काे पनि अध्यापन भैरहेपनि ति विद्यार्थीले स्ववियु निर्वाचनमा भाग लिन पाउने छैनन ।
त्यसैविच अनेरास्ववियुले मंगला गाउँपालिका स्थित मंगला शिक्षा क्याम्पसमा भीममायाँ राेका सभापती समेत १५ सदस्य टिमले स्ववियुमा उम्मेदवारी दर्ता गरेकाे जनाएकाे छ । मंगला शिक्षा क्याम्पस निर्वाचन कार्यालयबाट अाधिकारिक विवरणा अाएकाे छैन ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
