- Loading...
म्याग्दीमा बढ्दै सुँघ्ने, खाने र सुईबाट लागु औषध लिने दुर्व्यसनी
- पुनहिल डट कम
- १ साल अघि
- ३०५ पटक पढिएको

म्याग्दीका गाउँ गाउँमा सुँघ्ने, खाने र सुईबाट लागु औषध सेवन गर्ने दुर्ब्यसनी बढ्न थालेका छन ।
प्रहरीले पक्राउ गरेका ब्राउन सुगर (सुँध्ने), ट्याब्लेट नाइट्रलेट (खाने) र डाईजापाम, फेनेरागन, नुर्फिन (सुईबाट लगाउने) लागु औषधका कारोवारी तथा भरियाहरुको तथ्याङ्कले घट्दो जनसंख्या भएको म्याग्दीमा दुर्ब्यसनीको संख्या हृवात्तै बढेको देखिएको हो ।
प्रहरीले पछिल्लो १५ दिनमा तीन वटा छुट्टाछुट्टै प्रकृतिका लागु औषध कारोवारीलाई ठूलो परिणामको लागु औषध सहित पक्राउ गरेको जनाएको छ । बेनीको कालीपुल वसपार्क क्षेत्रबाट भारतको पश्चिमबंगाल माल्दाहका २८ बर्षिय अलेमुन हकको साथबाट सुँध्ने लागु औषध ६.५ ग्राम खैरो हिरोईन, रुपन्देही सोमरीमाईका १९ बर्षिय मुस्ताफा खानलाई खाने ३ सय ९३ थान नाइट्रेड ट्याब्लेट सहित पक्राउ गरेको हो ।
त्यस्तै, नसाबाट लगाईने लागु औषध डाईजापाम २०० एम्पुल, फेनेरागन २०१ एम्पुल र नुर्फिन २०० एम्पुल सहित म्याग्दीको रघुगंगा गापा, ७ चिमखोलाकी २८ बर्षिया सोविता बागदास तथा बेनी नगरपालिका, ९ घतानका ३२ बर्षिय प्रेम सार्की पक्राउ परेका छन ।
पक्राउ परेका सवैलाई लागु औषध सम्बन्धी अदालतमा मुद्धा दर्ता गरी थप अनुसन्धानकालागी म्याद थप गरिएको प्रहरीले जनाएको छ । कारोवारी सवैले त्रिवेणी नाका प्रयोग गरी भारतीय बजारबाट यी लागु पदार्थ ल्याएको पनि प्रहरीले दावी गरेको छ ।
‘लागुऔषधका स्थानीय कारोवारीसम्म पुगेका छौं । जिल्लामा लागु औषध कारोवार बढ्दै गएको देखिन्छ’ जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक मदन कुँवरले भने, ‘अनुसन्धान भैरहेकोले थप जानकारी खुल्ने छ ।’
प्रहरीले मिडियालाई सार्वजनिक गरेको अभिलेख अनुसार प्रहरीले ०७३ बैशाख, ०७४ फागुन, ०७५ पुस र ०७६ असार १ गते डाईजापाम, फेनेरागन, नुर्फिन तथा सिरिन्ज १०९/१० एम्पुल बरामद सहित भरिया/सेवनकर्ता र कारोवारी पक्राउ गरेको थियो । ०७७ मा बरामद भएको डाईजापाम, फेनेरागन, नुर्फिन मात्रा बढेर १५० एम्पुल पुगेको थियो । तथ्याङ्कले गत वर्ष प्रहरीले लागु औषध नियन्त्रण तर्फ खासै अभियान चलाएको देखिएन ।
चालु आवको फागुनमा मात्र जिल्ला प्रहरी कार्यालयको नेतृत्व परिवर्तन भएसँगै फेरी लागु औषध विरोधी अभियान चलेको छ । जिल्ला प्रहरी कार्यालयको प्रमुख भै आएका प्रहरी नायव उपरिक्षक मदन कुँवरले नेतृत्व संहालेको एक महिनामा फरक फरक प्रकृतिका ठूलो परिणाममा लागु औषध समातिएको छ ।
सदरमुकाम बेनीसमेत लागुऔषध प्रयोगकर्ता किसोर–किसोरीको संख्या बढेको प्रहरीले दावी गरेको छ । सदरमुकाम बेनी भित्राईने सवै प्रकारका लागुऔषध स्थानीय दोस्रो कारोवारी मार्फत प्रयोगकर्तासम्म पुग्ने गरेको छ ।
सदरमुकामसमेत सहरी क्षेत्रमा ब्राउनसुगर, इन्जेक्सनबाट लागुऔषध सेवनकर्ता बढी छन । सहरी क्षेत्रमा मात्र होईन जिल्लाका अधिकांश ग्रामिण क्षेत्रका विद्यालय तहमा समेत चरेस र गाँजा जस्ता नसालु पदार्थ सेवन गर्ने बढेका छन । विद्यालय तहको कलिलो उमेरमा मदिरा सेवन गर्नु त समान्य जस्तै भएको छ । डाक्टरको प्रिस्क्रिप्सन र विरामीको अभिलेख विना प्रयोग गर्न नपाईने डाईजीपाम, क्लोनाजीपाम, अल्प्राजोलाम जस्ता औषधी गिरोहहरुले विद्यालय, क्याम्पसका विद्यार्थीसम्म पुर्याएका छन ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
