- Loading...
प्रधानमन्त्री दाहाल विरुद्धको मुद्दालाइ अग्राधिकारसहित कारण देखाउ आदेश
- पुनहिल डट कम
- १ साल अघि
- १७३ पटक पढिएको

सर्वोच्च अदालतले प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्धको मुद्दामा कारण देखाउ आदेश जारी गरेको छ।
यो रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले अग्राधिकार दिने आदेश गरेको छ। अब यो रिटलाई प्राथमिकतामा राखेर सुनुवाइ हुनेछ।
माओवादी द्वन्द्वकालीन घटना र सोही घटनाका सम्बन्धमा तीन वर्षअघि दिएको अभिव्यक्तिलाई साबिती बयानको आधार लिँदै गत मंगलबार सर्वोच्च अदालतमा दुईवटा छुट्टाछुट्टै रिट परेका थिए।
उक्त अभिव्यक्तिलाई युद्धकालमा मारिएका व्यक्तिको हत्यालाई स्वकार्दै साबिती बयान दिएको भन्दै ज्ञानेन्द्रराज आरणसहित र चिरन्जीविवास गिरीसमेतले गत मंगलबार छुट्टाछुट्टै रिट दायर गर्दै तत्काल प्रचण्डलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन अन्तरिम आदेशको माग गरेका छन्।
सोही रिटमाथि सुनुवाइ गर्दै शुक्रबार सर्वोच्च अदालतका न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले निवेदकको माग बमोजिम आदेश किन जारी गर्नुनपर्ने भन्दै १५ दिनभित्र प्रचण्ड आफैंलाई वा वारिसमार्फत महान्यायाधिवक्ता कार्यालयमार्फत जवाफ पेस गर्न आदेश दिएको हो।
साथै इजलासले उक्त मुद्दालाई अग्राधिकारसमेत दिएको छ । २०७६ माघ १ मा टुंडिखेलमा माघी पर्वमा अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले माओवादी युद्धकालमा मारिएका १७ हजारमध्ये पाँच हजारको आफूले नैतिक जिम्मेवारी लिने बताएका थिए।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
