- Loading...
बेनीबाट लागूऔषध काराेवारी एक युवतीसहित दुइ जना पक्राउ
- पुनहिल डट कम
- १ साल अघि
- २५३ पटक पढिएको

सदरमुकाम बेनीकाे कालीपुल वसपार्क क्षेत्रबाट ठूलाे परिणाममा लागु पदार्थ सहित एक युवतीसहित दुइ जना पक्राउ परेका छन ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले सदरमुकाम बेनी स्थित कालीपुलबाट दुई सय एम्पुल डाईजापाम, फेनेरागन दुई सय एक एम्पुल र नुर्फिन दुई सय एम्पुल सहित रघुगंगा गाउँपालिका–७ चिमखोला घर भई हाल पर्वतको जलजला गाउँपालिका–३ बौर बस्ने बर्ष २८ की सोबिता बागदास र बेनी नगरपालिका–९ घतान घर भई बौर बस्ने बर्ष ३२ का प्रेम सार्कीलाई उक्त परिमाणको लागूऔषध सहित बुधवार नियन्त्रणमा लिएर मुद्धा लगाइएकाे छ ।
प्रहरीका अनुसार लागूऔषधको यो परिमाण २०७६ सालयताकै सबैभन्दा धेरै हो । लागूऔषध सहित पक्राउ परेका बाग्दास र सार्कीलाई जिल्ला अदालतबाट १० दिनको म्याद थप गरेर अनुसंधान अघि बढाईएको डिएसपी मदन कुँवरले बताए ।
यस अघि फागुन ११ गते पर्वतको जलजला गाउँपालिका–३ मल्लाजचोकबाट रुपन्देही सोमरीमाई गाउँपालिका–३ घर भएका १९ बर्षका मुस्ताफा खानलाई तीन सय ९३ ट्याबलेट नाईट्राभेट सहित नियन्त्रणमा लिइएको थियो । त्यसैगरि फागुन १६ गते बेनी नगरपालिका–८ कालीपुलबाटै भारतको बमनग्राम माल्दाहा घर भई पोखरा बसोबास गर्दै आएका २८ बर्षका अलेमुन हक ६.५ ग्राम खैरो हिरोईन सहित पक्राउ परेका थिए ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
