- Loading...
विग्रिए बेनी अस्पतालका अक्सिजन प्लान्ट, भेन्टीलेटर पनि अलपत्र
- पुनहिल डट कम
- १ साल अघि
- १७५ पटक पढिएको
कागजमा सीमित ५० वेडको ‘बेनी अस्पताल’ मा जोडिएको दुई वटै अक्सिजन प्लान्ट विग्रेका छन । कोरोना महामारी सुरु भएपछि संघ र प्रदेश मन्त्रालयबाट बजेटबाट गरिएका दुई वटै अक्सिजन प्लान्टहरु पनि विग्रिएका हुन ।
अस्पताल ब्यवसस्थापन समितिका अनुसार दुई वटा मध्य सानो प्लान्ट करिव ३ बर्ष देखी विग्रिएको अवस्थामा छ । ठुलो प्लान्टको अटोमेटिक सिस्टम विग्रीएकोले कर्मचारीले मेनुयल्ली हातले मेशिन घुमाएर अक्सिजन उत्पादन गर्ने गरिएको छ ।
‘अस्पतालका दुई वटै अक्सिजन प्लान्ट विग्रेका छन । एउटा पूर्णरुपमा विग्रेको छ । अर्को प्लान्टको अटोमिेटिक सिस्टम विग्रेकोले हातले घुमाएर काम चलाउने गरिएको छ’ बेनी अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र सुवेदीले भने, ‘अक्सिजन प्लान्ट विग्रेपछि सम्झौता अनुसार प्लान्ट सेटअप गर्ने कम्पनीलाई मर्मत गर्न भनेका छौं । तर कम्पनीले मर्मत गर्ने उपकरण नभएकोले चीनबाट ल्याउन एलसी खोलेको र छिटै मर्मत गर्न आउने जानकारी दिएको छ ।’
बेनी अस्पतालमा ५० किलोग्राम क्षमताका दैनिक २० सिलिण्डर अक्सिजन उत्पादन गर्ने सानो र छुट्टै दैनिक ५० केजी क्षमताका ७५ सिलिण्डर अक्सिजन उत्पादन ठूलो अक्सिजन प्लान्ट छ । सानो अक्सिजन प्लान्ट गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयको ७५ लाख सहयोग निर्माण भएको हो । ठूलो प्लान्ट गण्डकी प्रदेशको ७५ र संघको ७५ लाख गरी एक करोड ५० लाखको लागतमा निर्माण भएको हो ।
बेनी अस्पतालमा अक्सिजन प्लान्ट मात्र होईन, भेन्टीलेटर सहित बहुमुल्य अन्य उपकरणहरु पनि अलपत्र छन । अस्पतालमा चार वटा भेन्टिलेटर छन । तर, ति स्टोरमा थन्क्याएर राखिएको छ । अस्पतालको भवन र भेन्टिलेटरसहितको आईसियु संञ्चालन गर्ने दक्ष जनशक्ति नहुँदा ति उपकरण थन्किएका हुन ।
अस्पताल आफैले खरिद गरेका दुई वटा र छुट्टै प्रदेश सरकारको आपूर्ति ब्यवस्थापन केन्द्रले पठाएका थप २ वटा समेत ४ वटा भेन्टीलेटर प्रयोगहीन भै थन्किएको बेनी अस्पतालले जनाएको छ । अस्पतालको अन्तरंग विभागमा कार्यरत स्टाफ नर्स मोनिका पुनका अनुसार विरामी भर्ना कक्षमा जोडिएको भेन्टिलेटर नचलाईएको मात्र होईन, धेरैपार्ट पुर्जा समेत झिकिएको अवस्थामा अलपत्र छ ।
भेन्टिलेटर उपकरण सञ्चालन र अनुगमन आफैमा जटिल र संवेदनशील सेवा हो । क्रिटिकल केयरमा दक्ष जनशक्तिले मात्र यस्ता उपकरण चलाउन सक्छन । आइसियू र भेन्टिलेटर सञ्चालनकालागी क्रिटिकल केय
र टिम चाहिन्छ । तर अस्पतालमा भवन समेत पूर्वाधार र एनेस्थेसियोजिष्ट समेत चिकित्सक नभएकोले आइसियु र भेन्टिलेटर चलाउन नसकिएको हो ।
‘उपयुक्त भौतिक पूर्वाधार तथा एनेस्थेसियोजिष्टसमेत श्वास्थ्यकर्मीको क्रिटिकल केयर टिम नभएकोले आइसियू र भेन्टिलेटर संञ्चालनमा छैन’ बेनी अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा.शंकरराज लामिछानेले भने, ‘स्टोरमा चार वटा भेन्टिलेटर थन्किाएर राखेका छौं । अहिलेकै अवस्थामा चलाउन संभव छैन ।’
आईसियु र विरामीलाई भेन्टिलेटर चलाएपछि २४ सै घन्टा चल्नु पर्यो । त्यसकालागी कम्तीमा ३ जना मेडिकल डाक्टर र १२ जना स्टाफ नर्स स्टाण्डवाई रहनु पर्छ । जुन संभव छैन’ डा. लामिछानेले थपे, ‘अस्पताललाई नियमित विरामी परिक्षण र उपचारमै डाक्टर अभाव छ ।’
बेनी अस्पतालमा आव ०७६/०७७ मै ५ वेड क्षमताको भेन्टिलेटर सहित आईसीयु कक्ष स्थापना गरिएको थियो । तर आइसीयू चलाउन एनेस्थेसियोजिष्ट र पारामेडिक्स जस्ता जनशक्ति नभएपछि कहिल्लै संञ्चालनमा भने आएन । बेनी अस्पतालले सुरु गरेको ‘कागजी आइसीयु’ मा उपचार नपाएर धेरै कोरोना संक्रमितले ज्यान गुमाएका थिए ।
बेनी अस्पतालमा भौतिक पूर्वाधार र प्रविधीका मात्र समस्या छैन । जनशक्ति ब्यवस्थापनमा पनि उस्तै भद्रगोल छ । अस्पताल ब्यवस्थापनको मापदण्ड पनि अस्तब्यस्त छ । संगठन संरचना अर्न्तगत स्वीकृत दरवन्दी अनुसार अस्पतालमा ११ औं तहका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट, वरिष्ठ फिजिसियन, कन्सल्टेन्ट सर्जन, एनेस्थेसियालोजिष्ट, पेडियाट्रिसियन, गाईनोलोजिष्ट, अर्थोपेडिक, साईक्याट्रिक्स, फिजियो थेरापिष्ट, रेडियोलोजिष्ट, नसिङ्ग अधिकृत समेत ११ जना विशेषज्ञ डाक्टर (कन्सल्टेन्ट)को दरवन्दी कायम भएपनि एक जना मात्र कन्सल्टेन्ट सर्जन डा.शंकरराज लामिछाने मात्र कार्यरत छन ।
त्यस्तै, स्वीकृत दरवन्दी अनुसार बेनी अस्पतालमा वाल रोग, स्त्रीरोग, हाडजोर्नी, फिजियो थोरापी, रेडियोलोजिष्ट, शल्यक्रिया, एनेस्थेसिया समेत ७ वटा वार्ड (विभाग) हुनु पर्थ्यो । सोही अनुसार प्रत्यक वार्डमा एक जना विशेषज्ञ डाक्टर, एक जना मेडिकल डाक्टर, ४ जना नर्सले सेवा दिन्थे । तर ९ जना कन्सल्टेन्ट, ४ मेडिकल अधिकृत समेत ५९ जना श्वास्थ्यकर्मीको दरवन्दी भएपनि रेकर्डमा भने २५ जना डाक्टर/श्वास्थ्यकर्मीको कार्यरत छन । रेकर्डमा दरवन्दी कायम रहेका २५ जनामध्य पनि १२ जना अध्ययन विदामा छन ।
जनसंख्या तथा स्वास्थ्य मन्त्रालयको गुणस्तर मापन तथा नियमन विभागले तयार पारेको ५० बेड क्षमताका अस्पतालमा हुनु पर्ने गुणस्तर सुधार तथा मापदण्ड अनुसार ब्यवस्थापन तर्फ संगठन ब्यवस्थापन, मानवश्रोत ब्यवस्थापन, आर्थिक (बजेट) ब्यवस्थापन, औषधी तथा सूचना ब्यवस्थापन र गुणस्तर कायम गरिएको हुनु पर्छ ।
त्यसैगरी क्लिनिकल ब्यवस्थापन अर्न्तगत जनरल मेडिसिन, आकस्मिक सेवा, अर्न्तरंग सेवा, निदानात्मक सेवा (प्रयोगशाला, रेडियोईमेजिङ), शल्यक्रिया सेवा, नाक, कान, घाँटी (इएनटी), दन्तरोग सेवा, कार्डोलोजी, फार्मेसी सेवा, रक्त संञ्चार सेवा, सघन उपचार सेवा, विशेषज्ञ सेवा, फिजियोथेरापी सेवा समेतका सेवा अनिवार्य तोकेको छ ।
त्यैस्तै भौतिक पूर्वाधार तर्फ विरामीको नाम दर्ता, विरामी बस्ने स्थान, डाक्टर, नर्स बस्ने स्थान/वेन्च वेवस्थापन देखी, फोहोर ब्यवस्थापन, क्यान्टिन, खानेपानी, सामाजिक सेवा, स्टोर ब्यवस्थापन, समेतका २२ प्रकासरका सेवाको मापदण्ड तोकेको छ ।