- Loading...
हिमालपारी सिजनकाे पहिलाे हिमपात सुरू
- पुनहिल डट कम
- १ साल अघि
- २१५ पटक पढिएको

मुस्ताङमा योसिजनकै पहिलो हिमपात भएको छ । बुधबार बिहानदेखि मुस्ताङमा हिउँ पर्न सुरु गरेको हो । हिउँ पर्न सुरु गरेपछि यहाँ किसान,पर्यटन व्यवसायी र स्थानीय खुसी भएका छन् ।
बिहानैदेखि परेको हिउँ परेपनि बस्तीमा हिउँ जम्न सकेको छैन । यद्यपी तल्लो मुस्ताङदेखि उपल्लो मुस्ताङका डाँढाकाँढा र खर्कहरु हिउँले सेताम्मे हुन थालेको छ । मुस्ताङमा मध्यम प्रकारको हिउँ परिरहेको छ । हिमपात अझै बाँक्लो र साँझसम्म परेमा मुस्ताङका डाँढाकाँढा,खर्क ,खेतबारी र बस्ती पुरै हिउँले ढाँकिने छ ।
मुस्ताङको मौसम अहिले धुमिल छ । मुस्ताङभर फुर्रर फुर्रर हिमपात भईरहेको छ । ठिनीकी निशा थकालीका अनुसार याे मुस्ताङमा सिजनकै पहिलो हिपमात हाे । ‘ढिलै भएपनि यहाँ हिमपात हुँदैछ, अनुकुल समयमा नपरेको हिमपात अब पर्दैन होला भन्ने ठानेका थियौ, पर्याे ’ थकालीले थपिन, ‘यसले कृषकलाई आशिंक राहत दिएकाे छ ।’
जिल्लाको लोमान्थाङ,लोघेकर दामोदरकुण्ड,वारागुङ मुक्तिक्षेत्र,घरपझोङ र थासाङका सबै स्थानमा हिमपात भईरहेको छ । हिमपात भएपछि मुक्तिनाथ दर्शन तथा मुस्ताङ भ्रमण गर्न आएका आन्तरिक तथा बाह्य पर्यटकसमेत हिउँ अवलोकन गर्दै रमाएका छन ।
बर्सेनि कार्तिक देखि माघ महिनासम्म हिमपात हुँने गथ्र्यो ।तर, यसवर्ष मुस्ताङमा हिमपात र वर्षा समेत हुन सकेको थिएन ।हिउँ नपर्दा यहाँका कृषकले सिंचाईको भर पर्नु परेको थियो ।कतिपय स्थानमा सिंचाईको स्रोत नहुने र हिउँ पनि नपरेकाले खेतीयोग्य जमिन सबै सुख्खा भईरहेको थियो ।
अनुकुल समयमा हिमपात नहुँदा सुख्खा बनेका यहाँका खेतीयोग्य जमिनमा हिउँले सिञ्चत गर्न थालेको छ । हिमपातले जमिनको भित्री सतहलाई पूर्नरजिवित गर्न योगदान गर्छ र हिउँले जमिनको सतहलाई रिचार्ज गराउँछ । हिउँदयामको हिउँ सिंचाईलाई मात्रै नभएर कृषकले लगाएको फलफुल तथा अन्नबालीमा लाग्ने विभिन्न रोग संक्रमण र प्रकोप नियन्त्रण गर्न टेवा पूर्याउँछ ।
जलवायु परिर्वतनका कारण हिमाली जिल्ला मुस्ताङमा बर्सेनि असमान प्रकारको हिमपात हुँने गरेको छ । कुनै वर्ष भारी मात्रामा हिमपात हुँने,कुनै वर्ष आशिंक हिमपात हुँने र कुनै वर्ष अनुकल समयमा हिमपातनै नहुँने गरेको छ । गतवर्ष मुस्ताङमा १० पुस र १९ माघ महिनामा भारी मात्रामा हिमपात भएको थियो । यस्तै, ४ वर्षअघि मुस्ताङमा भारी हिमपात हुँदा उपल्लो मुस्ताङमा भारी वर्षा हुँदा सयौं याकचौरी र भेडाच्यांग्रा खर्कमा हिउँले पुरिएर मरेका थिए ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
