- Loading...
संसारकै गहिराे अन्धगल्छीमा कतारी राजकुमारी, अन्नपुर्ण हिमाल चढ्ने
- पुनहिल डट कम
- १ साल अघि
- ३२९ पटक पढिएको

म्याग्दीको अन्नपूर्ण गाउँपालिका, ३ स्थित संसारको सर्वाधिक ६ हजार ९ सय ६७ मीटर गहिरो अन्धगल्छीमा पर्ने दाना गाउँमा कतारी राजकुमारी शेखा आस्मा विन्त थानी अल थानी पुगेकी छिन ।
कतारी राजकुमारी थानी सोमबार विहान ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहण गर्न जानेक्रममा विश्व कीर्तिमानी आरोही निर्मल पुर्जागँगै दानामा ओर्लेकी हुन ।
दाना कीर्तिमानी आरोही पुर्जाको जन्म स्थल हो । राजकुमारी थानी आरोही निर्मल पुर्जाको जन्मघर पुगेर अवलोकन गर्नुकासाथै केही वेर आगनमा विश्राम गरेका थिए । राजकुमारी थानी र पुर्जाद्वय मौरिस हर्जोग पदमार्ग पछ्याउँदै बुधवार विहान हेलिकोप्टरबाटै अन्नपूर्ण साउथ वेस क्याम्प जाने कार्यक्रम रहेको छ ।
हेलिकोप्टरबाट ओर्लेपछि कतारी राजकुमारी थानी र किर्तिमानी आरोही निर्मल पुर्जालाई जन्मथालोमा वाजागाजासहित फुलमालाले भब्य स्वागत गरिएको थियो ।
राजकुमारी थानीले यस अघि अाराेही पुर्जाकै सहयाेगमा संसारकाे सर्वाधिक अग्लाे सगरमाथा र कन्चनजंगा हिमाल अाराेहण गरिसकेकी छिन । थानी सगरमाथा अाराेहणा गर्ने पहिलाे महिला हुन । राजकुमारी आस्माले सगरमाथाको उत्तर र दक्षिण दुवैतर्फबाट सफल आरोहण गरेकी छिन्। यसअघि उनले दक्षिण अमेरिकाको ६,९६९ मिटरको माउन्ट एकोनकागुआ र अफ्रिकाको ५,८९५ मिटर अग्लो माउन्ट किलिमन्जारो र यूरोपको ५,६४२ मिटर अग्लो माउन्ट एल्ब्रस चढिसकेकी छिन्।सगरमाथा, धौलागिरी, कञ्चनजङ्गा, लोहोत्से, आमादम्बा, मनास्लु, केटु लगायत हिमाल आरोहण गरिसकेकी राजकुमारी अल थानीले यसपटक कीर्तिमानी आरोही निर्मल पुर्जाको सहयोगमा अन्नपूर्ण आरोहणको तयारी गरेकी हुन् ।
‘कीर्तिमानी आरोही निर्मल पुर्जा र पाहुना कतारी राजकुमारी आस्मा अलथानीलाई स्वागत गर्यौं । पुर्जाले आफ्नै जिवनी र हिमाल आरोहणसँग सम्बन्धित भिडियो डकुमेन्ट्री देखाउने योजना छ’ अन्नपूर्ण गाउँपालिका, ३ दानाका वडाध्यक्ष रमेश पुर्जाले भने, ‘भोली विद्यालयमा ३५–४० लाखको अक्षय कोष राख्ने योजना छ ।’

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
