- Loading...
शिक्षक – विद्यार्थी नृत्य प्रतियाेगितामा बेनी सामुदायीक र प्रकाश मावि पहिलो
- पुनहिल डट कम
- १ साल अघि
- २९१ पटक पढिएको

शिक्षा विकास तथा समन्वय इकाई म्याग्दीले प्रतिभा पहिचान कार्यक्रम अन्तरगत शनिवार सदरमुकाम बेनीको बेनी सामुदायीक माध्यामिक विद्यालयको सभा हलमा आयोजना गरेको शिक्षक तथा विद्यार्थीहरुको छुट्टाछुट्टै प्रतियोगितामा शिक्षक तर्फ बेनी नगरपालिकाको बेनी सामुदायीक माध्यामिक विद्यालय पहिलो भएको छ ।
शिक्षक तर्फ नै अन्नपुर्ण गापा, ५ का शिख मावि दोस्रो र पाउद्धार माविका शिक्षक,शिक्षिकाहरु तेस्रो भएका छन । प्रतियोगितामा जिल्लाभरका १० वटा माध्यामिक विद्यालयका शिक्षक, शिक्षिकाले भाग लिएका थिए ।
त्यसैगरी सोही समय र स्थानमा भएको विद्यार्थीहरु विचको नृत्य प्रतियोगितामा बेनी नगरपालिकाको प्रकाश माध्यामिक विद्यालयका प्रतियाेगी विद्यार्थी समुह पहिलो भएकाे छ । त्यसैगरी रघुगंगा गाउँपालिका, १ तिप्ल्याङको कालिका माविका विद्यार्थी दोस्रो र बेनीकै बालमन्दीर माविका विद्यार्थी तेस्रो भएका छन ।
विद्यार्थी तर्फ १२ विद्यालयले प्रतियोगितामा भाग लिएका थिए ।
प्रतियाेगितामा पहिलाे, दाेस्राे र तेस्राे हुने शिक्षक तथा विद्यार्थी समुहले क्रमशः ५ हजार, ४ हजार र ३ हजार नगदसहित प्रमाण पत्र प्रदान गरिएकाे शिक्षाा विकास तथा समन्वय अधिकारी दलबहादुर थापाले बताए ।
प्रतिभा पहिचान कार्यक्रम अन्तरगत अाज पहिलाे हुने टिमले फागुन २६ गते पाेखरामा हुने गण्डकी प्रदेश स्तरिय प्रतियाेगितामा भाग लिने छन ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
